मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो। श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए।