काठमाडौं : आसन्न चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै १४३ स्थानमा उम्मेदवारी दिएको छ। यसमध्ये तीन जना नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा छन्।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३,महामन्त्री डा.धवलशमशेर राणा बाँके-२ र रूपन्देही-३ मा नेता दिपक बोहराले एमालेको समर्थनमा उम्मेदवारी दिएका छन्।अरु सबै तालमेलबिना चुनावी मैदानमा छन्। राप्रपाको चुनावी तयारी,एमालेसँगको आंशिक तालमेलको अर्थ लगायत विषयमा थाहाखबरले राप्रपाका अध्यक्ष