सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ४ डाँडाटोलकी बिजुला बिक त्यो ठाउँमा बस्न थालेको ३० वर्ष भयो । योबीचमा कति चुनाव भए उहाँलाई याद पनि छैन । तर भोट दिन उहाँले कहिल्यै छाड्नुभएन । कहिले केही आशा त कहिले केही प्रतिबद्धता लिएर आउने नेताका गफले उहाँलाई भोट हाल्न त लगायो तर प्रतिबद्धता कहिल्यै पूरा गरेनन् ।
सिन्धुली सदरमुकामदेखि करिब २ किलोमिटरको दुरीमा मात्रै छ उहाँको गाउँ । सदरमुकाम भित्रै रहेर पनि वर्षौंदेखि खानेपानीको समस्या भोग्नुपरेको उहाँको गुनासो छ । अप्ठेरो बाटोबाट डोकोमा पानी बोकेर ल्याउनुपर्...