पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । सोमबार दिउँसो संसद भवनमा पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । ‘संसदीय दलले आयातित सरकारको विरुद्धमा संसद सदस्यबाट राजीनामा दिने निर्णय गरेको छ’, पीटीआई केन्द्रीय सूचना सचिव फारुख हबीबले ट्वीटमा पुष्टि गरे