प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीको विरोध, गरे ‘क्यामरा डाउन’

काठमाडौँ, ३ माघ। प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीहरू विरोधमा उत्रेका छन् । प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन भइरहेको मतदानको समाचार संकलनमा अवरोध गरेको भन्दै पत्रकारहरूले विरोध जनाएका हुन् । समाचार संकलनमा भएको अवरोधविरुद्ध प्रदेश सभा अगाडि ‘क्यामरा डाउन’ गरेका छन् । उनीहरूले समाचार संकलनलाई सहज बनाउनुपर्ने माग गरेका छन् ।

सम्बन्धित सामग्री

चार प्रदेशको नीति तथा कार्यक्रम आज

काठमाडौं । चार वटा प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।  प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष ०७८/०७९ का लागि सरकारहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।प्रदेश १ प्रदेश १ मा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन पुग्न निर्देशन दिइएको छ। सोमबार प्रदेशसभा बैठक

प्रदेशसभाभित्र वार्षिकोत्सव, बाहिर धर्ना

जनकपुरधाम : प्रदेश-२ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भएको छ। प्रदेशसभा भवन परिसरमा दोस्रो वार्षिकोत्सब समारोह चल्दैछ। बाहिर मुख्यद्वारमा भने भुक्तानी पाउन नसकेका उपभोक्ताहरू धर्नामा बसेका छन्। गत आर्थिक वर्षमा गरेको कामको अहिलेसम्म भुक्तानी नदिएपछि धर्ना बसेको उपभोक्ता संघर्ष समितिका संयोजक रोषणसिंह राणाले बताए। उनका अन...

प्रदेश २ सरकारले ल्याएको प्रहरी ऐनको विरोध

जनकपुरधाम : प्रदेश २ सरकारले छलफलको लागि प्रदेशसभामा टेबुल गरेको प्रहरी ऐनको दलित समुदायले विरोध गर्दै प्रदेशसभा घेराउ गर्ने जनाएको छ। प्रहरी ऐनमा सरकारले गरेको आरक्षणप्रति असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलनको कार्यक्रमअन्तर्गत बुधवार प्रदेशसभा भवन घेराउन गर्ने जनाएको छ।  पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश २ स्थित दल...