सरकार र विप्लव समूहबीच वार्ताका लागि टाेली गठन भएकाेप्रति कांग्रेस सकारात्मक

काठमाण्डौ – नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वबीच वार्ताका लागि टोली गठन भएकोप्रति सकारात्मक देखिएकाे छ ।  प्रेस विज्ञप्तिमार्फत कांग्रेसले दुवै टोलीलाई इमानदार र वार्ताबाट समाधानमा पुग्न आग्रह गरेको छ ।  ‘सरकार र विप्लव समूहले इमानदारीपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।  मङ्गलवार नै विप्लव समूहसँग औपचारिक वार्त...

सम्बन्धित सामग्री

‘जनमत सङ्ग्रहबाहेक हामीले अरू तरिकाले सोचेका छैनौँ’

गत फागुनमा सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति भयो । सोही सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण खुला राजनीतिमा आएको थियो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव ‘विप्लव’को उपस्थितिमा दुवै पक्षको वार्ता टोलीका संयोजकहरू रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सहमतीमा दुवै पक्ष देशको राजनीतिक समस्याहरू वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, आफ्ना सबै राजनीतिक क्रियाकलाप

विप्लव समूह फेरि द्वन्द्वको बाटोमा जाँदैन भन्ने विश्वास छ : प्रधानसेनापति थापा

२३ जेठ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताएका छन् । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने पनि विश्वास व्यक्त गरे । ‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक […]

ओली–विप्लव सँगसँगै, २ तस्बिर

नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूह बीच हस्ताक्षर कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द अभिवादन गर्दै । तस्वीर, रासस

विप्लवको गर्जन– 'कसैले हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौं, तर झुक्दैनौं'

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् । सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए । 'हामी खुला हुनुपर्छ । हामी खुला छौं । हामी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छौं,' विप्लवले भने, 'तर हामी यहीँ पनि भन्छौं, कसैले हामीलाई हस्ताक्षेप गर्‍यो भने, कुनै विद...

तस्विरमा सरकार र विप्लव समूह बिचको सहमतिमा हस्ताक्षर समारोह

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरे। हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लव सँगै आएका थिए।

विप्लव समूह र सरकारबीच दोस्रो चरणको वार्ता सकियो, दुवै पक्ष सहमति नजिक

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)बीच दाश्रो चरणको वार्ता सम्पन्न भएको छ। बुधबार साँझ बसेको दोश्रो चरणको वार्तामा दुबै पक्ष समान धारणा नजिक पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए। सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्,’वार्ता विषय केन्द्रीत रह्यो। दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने […]

सरकार–विप्लव समूह वार्ता नजिक

१७ फागुन, काठमाडौं । सरकार र भूमिगत नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ता हुने भएको छ । पटकपटकको अनौपचारिक संवाद र छलफलपछि वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार भएका हुन् । यसका लागि दुवै पक्षले वार्ता समिति बनाएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला […]

सरकार र विप्लव समूह दुवै पक्षले गठन गरे वार्ता समिति

काठाडमौं । सरकार र प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ताको तयारी भएको छ । वार्ताका लागि दुवै पक्षले वार्ता समिति गठन गरेका छन् । सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका सरकारको तर्फबाट मन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यता, विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेका विज्ञप्तिमार्फत जनाएको छ। पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुनुहुन्छ । हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी ओली नेतृत्वकै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

संशयका बीच सरकार-विप्लव समूह संवादको प्रयास

१८ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा आएको विभाजनपछि विकसित परिस्थितिका बीच नेकपा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास थालेको छ । पूर्वमाओवादी समूहको सहानुभूति बटुल्ने प्रयासस्वरुप विप्लवलाई मूलधारमा ल्याएर आफ्नो पक्षमा पार्ने ओलीले रणनीति बनाएका छन् । पछिल्लो समय त्यही उद्देश्यले सरकार र विप्लव समूहबीच अनौपचारिक माध्यमबाट छलफल […]