मोरङ – मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।
कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा ३ हजार १ सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको ६ हजार ३ सय ५६ मत गन्दा नेकपा एमालेका पूर्व मन्त्री भानुभक्त ढकालले १ हजार ५ सय ७३ मत पाउनुभएको छ ।
राप्रपाकी रेखा थापाले भने ९ सय ६ मत प्राप्त गर्नुभएको छ ।
जम्मा एक लाख ४९ हजार ८ सय ३३ मतदाता रहेको यो क्षेत्रमा ९७ हजार ४ सय ६८ खसेको थियो ।