काठमाण्डौ महानगरले माग्यो ३२ विषयमा विज्ञ

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाको वातावरण तथा कृषि विभागले वातावरणीय अध्ययनका लागि विज्ञहरू माग गरेको छ । आज सार्वजनिक सूचना निकालेर महानगरपालिकाले विभिन्न ३२ विषयमा विज्ञ माग गरेको हो । महानगरको वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञको सूचीतयार पार्ने निर्णय अनुसार वातावरणविद्, जी.आई.एस विशेषज्ञ, वातावरण कानुनविद्, जलवायु परिवर्तन विज्ञ, जैविक विविधता विज्ञ, वनविज्ञ, मानव तथा स...

सम्बन्धित सामग्री

काठमाडौं महानगरले माग्यो २७ डाक्टर र ५ खाद्य विज्ञ

२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका लागि आवेदन खुला गरेको छ । शनिबार महानगरपालिकाले एक सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो । महानगरका अनुसार शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुका लागि करारमा डाक्टर माग गरिएको हो । यस्तै महानगरले सञ्चालन […]

काठमाडौं महानगरले माग्यो जनस्वास्थ्यविद्सहित १९ विषय विज्ञ कर्मचारी

काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुला गरेको छ। एक सूचना निकाल्दै महानगरले विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।

महानगरद्वारा कर संकलन अभियान सञ्चालन

विराटनगर– विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा कर विज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गर्ने र तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय बढाउन हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क […]

‘भरतपुर भ्रमण वर्ष २०८०’ को तयारी शुरू

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०८०’ लाई लक्षित गर्दै सरोकारवालाबीच छलफल गरी तयारी शुरू गरेको छ । महानगरपालिकाभित्रका ३० ओटा गन्तव्यको प्रचारप्रसार गरी महानगरले पर्यटन प्रवर्द्धन गर्न लागेको हो । छलफलमा सहभागीहरूले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने, रात्रिकालीन पर्यटनलाई प्राथमिकता दिनुपर्ने र बसाइ अवधि लम्ब्याउने प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले पर्यटन प्रवर्द्धन गर्न प्रचारप्रसार अपरिहार्य रहेको भन्दै डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल र अनलाइन मिडियामा केन्द्रित रहनुपर्ने बताएका थिए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले हाल देशको अर्थतन्त्र धराशयी भएको अवस्थामा यसलाई सुधार गर्न अपरिहार्य रहेको बताए । भरतपुरमा पर्यटन पूर्वाधारका काम ७० प्रतिशतभन्दा बढी पूरा भइसकेकाले यसको प्रवर्द्धनमा निजीक्षेत्र र सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । ‘भरतपुर पर्यटन प्रवर्द्धनको पूर्वाधारका लागि सेवा दिन सक्षम छ,’ उनले भने, ‘हामी पनि सक्षम छौं, तर यसको प्रवर्द्धनका लागि सरकारी निकाय भूमिका महत्त्वपूर्ण हुन्छ ।’ जिल्लाको होटल व्यवसाय चलायमान बनाउन भ्रमण वर्षमा पर्यटक लक्षित कार्यक्रम ल्याइनुपर्नेमा उनको जोड थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय क्षेत्रको वर्गीकरण गरी निजीक्षेत्रसँग सहकार्य गरी महानगरले कार्यक्रम बनाउनुपर्ने बताए । पर्यटकका लागि सुरक्षा, यातायातको व्यवस्था सहज गर्दै पर्यटकीय गन्तव्यलाई सौन्दर्यकरणमा जोड दिन सुझाव दिए । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले अन्तरराष्ट्रिय एक्स्पो लगायतका कार्यक्रमले चितवनको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याएको भन्दै उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘पर्यटकको संख्यासँगै बसाइ अवधि लम्ब्याउने कार्यक्रम ल्याउनुपर्दछ,’ न्यौपानेले भने, ‘लिंक र कनेक्टिभिटी बनाई यातायात र गन्तव्यको कार्यतालिका बनाइनुपर्छ ।’ भरतपुर महानगरका पर्यटन विज्ञ डा. विश्व सुवेदीले शिथिल भएको पर्यटन क्षेत्र उकास्न आन्तरिक तथा बाह्य पर्यटन आगमनमा जोड दिनुपर्ने बताए । भरतपुरका ३० ओटा पर्यटकीय गन्तव्यलाई चिनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारका कार्यक्रम अघि बढाउनुपर्ने बताए । कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं ‘भरतपुर भ्रमण वर्ष २०८०’ को कार्यकारी समितिका संयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार थप सक्रिय रहने बताए ।  पर्यटन क्षेत्र अन्य क्षेत्रको समेत परिपूरक रहेको भन्दै उनले पर्यटनको विकासविना अन्य क्षेत्रको विकास हुन नसक्ने बताए ।

एसईईको नतिजा सुधार गर्न काठमाडौं महानगरले शिक्षण सहजकर्ता परिचालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार गर्नका लागि शिक्षण सहजकर्ता परिचालन गर्ने भएको छ । पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईईको नतिजा सुधार गर्नको लागि २५ जना शिक्षण सहजकर्ता र १२०

सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेका कामप्रति राष्ट्रपतिको चासो

१८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका सँस्कृति र सम्पदा संरक्षणमा चासो व्यक्त गरेकी छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई आज बिहान शीतल निवासमा बोलाएर उनले महानगरपालिकाले गरेका कामबारे चासो राखेकी हुन् । राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले राष्ट्रपतिबाट सम्पदा सँस्कृतिको संरक्षणका सम्बन्धमा विशेष चासो व्यक्त […]

बजेट पूर्व तीन तहका सरकार, विज्ञ र स्थानीयसँग भरतपुर महानगरले गर्‍यो छलफल

काठमाडौँ। भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व गरिएको छलफलका सुझावलाई महानगरको नीति र बजेटमा नै समेट्ने गरी कार्यक्रम आयोजना गरिएको हो ।  भरतपुर महानगरपालिकाले शुक्रबार दिनभर गरेको समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा विषयक छलफलमा पूर्वप्रधानमन्त्री, सङ्घीयमन्त्री, सङ्घीय मन्त्रालयका […]

विद्यालय खुलाउन विराटनगर महानगरले थाल्यो छलफल

विराटनगर । विद्यालय खुला गर्न विराटनगर महानगरपालिकाले छलफल सुरु गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै महानगर क्षेत्रमा विद्यालय बन्द छन् । विद्यालय खुलाउने विषयमा महानगरले विषय विज्ञ र सरोकारवालाहरूसँग छलफल थालेको हो । महानगरका प्रमुख भीम पराजुलीले स्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक संस्था खुलाउने विषयमा सरोकारवालासँग छलफल भएको...