महानगरद्वारा कर संकलन अभियान सञ्चालन

विराटनगर– विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा कर विज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गर्ने र तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय बढाउन हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क […]

सम्बन्धित सामग्री

विराटनगर महानगरले करको दायरा बढाउने

मोरङ – आन्तरिक आम्दानी बलियो बनाउन विराटनगर महानगरपालिकाले करको दायरा बढाउने भएको छ। बुधबार महानगरको ११ औं नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले आन्तरिक आम्दानी बढाउनका लागि कर संकलन अभियान सञ्चालन भइरहेको र दायरासमेत बढाउनुपर्ने जानकारी दिए। महानगरको आन्तरिक आम्दानी बलियो नहुदाँसम्म महानगरवासीको विकास र समृद्धिको चाहना पूरा गर्न नसकिने मेयर कोइरालाले बताए। उनले भने, […]

विराटनगर महानगरपालिकालाई कर उठाउनै धौधौ

आन्तरिक आयमा वृद्धि नहुँदा नियमित खर्चसमेत पुर्‍याउन नसक्ने स्थिति आएपछि विराटनगर महानगरपालिकाले कर संकलन अभियानलाई तीव्रता दिएको छ । त्यसका लागि घरदैलो कर संकलन अभियान सञ्चालन गर्दै महानगरमा दर्ता नभएका व्यावसायिक फर्मलाई ऋण नदिन वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उसले आग्रह गरेको छ ।

महानगरको कर संकलन अभियान

विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ्नुका साथै कर संकलन अभियान सुरु गरेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । अभियानको मंगलबार महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरे । चालू आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान […]

आन्तरिक राजस्व अभिवृद्धिका लागि महानगरद्वारा छलफल

आन्तरिक राजस्व अभिवृद्धिका लागि विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ ।आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने भन्दै सरोकारवालालाई बोलाएर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले छलफल गरेको हो । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले वडास्तरबाटै कर संकलन अभियान सञ्चालन गर्नुपर्ने […]

राजस्वको दायरा बढाउन विराटनगर महानगरलाई सरोकारवालाको सुझाव

आन्तरिक राजस्व अभिवृद्धिका लागि विराटनगर महानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने भन्दै सरोकारवालालाई बोलाएर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले छलफल गरेको हो ।जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले वडास्तरबाटै कर संकलन अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । ‘महानगरले विकासका लागि मज्जाले कर उठाउनुपर्छ,’ पोखरेलले भने, ‘तर कहाँ र केमा खर