ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरको विकासमा राय लिन १२ सदस्यीय विज्ञ टोली बनाएका छन्। महानगरले बनाएको विज्ञ टोलीमा पूर्वमन्त्री ऋद्धिबाबा प्रधानदेखि पत्रकार कनकमणि दीक्षितसम्म अटाएका छन्। पूर्वमहिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा पर्यटन सचिव ऋद्धिबाबा प्रधानलाई महानगरको सामाजिक सुरक्षातर्फको विज्ञका रूपमा नियुक्त गरिएको छ। पूर्वमुख्य सचिव तीर्थमान श्रेष्ठलाई नीति र प्रक्रियाको विज्ञको जिम्मेवारी…