नौमुरे जलविद्युत् आयाेजनाकाे ८२ प्रतिशत रकम 'फ्रिज'

अर्घाखाँची – लुम्बिनी प्रदेशका पाँच वटा जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम हुन नसक्दा झन्डै ८२ प्रतिशत रकम 'फ्रिज' भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा रहेको  आयोजनाले गएकाे आर्थिक वर्ष २०७९/८० मा बजेटको १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । चालु र पुँजीगत गरेर छ करोड ७९ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकाेमा जम्मा एक करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताउनुभयो । ...

सम्बन्धित सामग्री

२८४३ विन्दुमा नेप्से, ७ अर्बमा खुम्चियो कारोबार

असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २ हजार ८४३ विन्दुमा बन्द भएको छ ।  यस दिन अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव ५९ प्रतिशत अर्थात् १६ दशमलव ९६ अंकले परिसूचक घटेको हो । २ हजार ८७१ दशमलव ६६ विन्दुदेखि खुलेको बजार २ हजार ८३३ दशमलव ९१ विन्दुसम्म झरेको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६० प्रतिशत अर्थात ३ दशमलव १७ अंक घटेर ५२५ दशमलव ६४ विन्दुमा झरेको छ ।  बिहीवार सामान्य अंकले घटेको बजारमा होटल्स तथा पर्यटन र जलविद्युत् समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन जलविद्युतको सर्वाधिक १ दशमलव ९७ प्रतिशत र होटल्स तथा पर्यटनको १ दशमलव १७ प्रतिशतले परिसूचक बढेको छ ।  यस दिन बैंकिङ्गको शून्य दशमलव ३९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७ प्रतिशत, विकास बैंकको १ दशमलव ६४ प्रतिशत, वित्तको १ दशमलव ३१ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव २१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६९ प्रतिशत, अन्यको १ दशमलव ३८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २१ प्रतिशत र लगानी समूहको १ दशमलव ५६ प्रतिशतले परिसूचक घटेको छ । यस दिन २१९ ओटा कम्पनीको ७८ हजार ९८३ पटकको व्यापारमा रू. ७ अर्ब ३ करोड ३६ लाख ३ हजार बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर कारोबार भएको छ । करीब २० अर्ब रुपैयाँको शेयर कारोबार भएको नेपालको शेयर बजारमा पछिल्लो समय कारोबार रकम घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धि र लकडाउन खुकुलो भएसँगै शेयर बजारलाई बैकल्पिक लगानीको क्षेत्र बनाएका लगानीकर्ता वाहिरिएको अनुमान जानकारहरुको छ । यद्यपि बजारमा लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएकाले कारोबार रकमले केहि समयपछि उच्चता कायम गर्ने विश्वास पनि उनिहरुले गरेका छन् । बिहीवार पनि सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ३७ करोड ८३ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको हो । गत साताको तेस्रो कारोबार दिनदेखि निरन्तर सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको उक्त कम्पनीको शेयरमूल्य भने बिहीवार रू. १ हजार ६६९ कायम भएको छ । यस दिन अघिल्लो कारोबार दिनभन्दा कम्पनीको शेयरमूल्य २ दशमलव ५७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ४४ ले घटेको छ । यस दिन ३७ ओटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ । यी मध्ये पनि अपर तामाकोशीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले बढेको हो । यस दिन अपर तामाकोशीको प्रतिकित्ता रू. ६७ ले बढेर अन्तिम मूल्य रू. ७४५ कायम भएको छ ।  यस दिन सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीभित्र अपर तामाकोशीसँगै समृद्धि फाइनान्स, रू रू जलविद्युत् परियोजना, कृषि विकास बैंक र नेपाल हाइड्रो डेभलोपर रहेको छ । समृद्धि फाइनान्सको ३ दशमलव ६५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १४ ले बढेर अन्तिम मूल्य रू. ३९८, रू रू जलविद्युत् परियोजनको २ दशमलव ५६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ९६०, कृषि विकास बैंकको २ दशमलव ३४ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ११ ले बढेर अन्तिम मूल्य रू. ४८२ र नेपाल हाइड्रो डेभलोपरको २ दशमलव ३३ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. ४४० कायम भएको हो । बिहीवार ङादी ग्रुप र नेपाल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ५ प्रतिशतभन्दा बढीले घटेको छ । ङादी ग्रुप पावरको ५ दशमव ६८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३० ले घटेर अन्तिम मूल्य रू. ४९८ र नेपाल इन्स्योरेन्सको ५ दशमलव शून्य ८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ६३ ले घटेर अन्तिम मूल्य रू. १ हजार १७८ मा झरेको हो ।

साताको शेयर बजार : करीब ६८ अर्बको कारोबार, कुल बजारपूँजीकरण ४० खर्ब नजिक

जेठ २२, काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक भएपछिको पहिलो साता शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । बजारका विषयमा उल्लेखित धेरै कार्यक्रम नभएपनि वितरणमुखी बजेटलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएको साताको कारोबारले प्रष्ट पारेको हो । हुनत यस वर्षको बजेटले व्यक्तिगत लगानीकर्ताहरुलाई दुई प्रकारमा विभाजन गरेको छ । यस वर्षको बजेटले व्यक्तिगत लगानीकर्ताहरुलाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा छुट्टाछुट्टै पूँजीगत लाभकरको व्यवस्था गरी वर्गिकरण गरेको हो ।  यसअघि व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत मात्र पूँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताहरुले अब एक वर्षभन्दा कम अवधिभित्र कारोबार गरेमा ७ दशमलव ५ प्रतिशत र सो अवधिभन्दा बढीमा कारोबार गरेमा ५ प्रतिशत लाभकर तिर्नुपर्ने भएको हो । अल्कालिक लगानीकर्ताका लागि २ दशमलव ५ प्रतिशत विन्दु लाभकर यो वर्ष सरकारले बढाएको हो ।  लाभकर वृद्धिको विषयलाई पनि लगानीकर्ताहरुले सकारात्मक रुपमै हेरेको पाइयो । पछिल्लो समय निरन्तर गति लिएको बजारबाट फाइदा कमाइरहेका लगानीकर्ताहरुले दीर्घकालिन लगानीलाई जोड दिने खालको लाभकरको व्यवस्थाले बजारलाई सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन् । कतिपय लगानीकर्ताले भने व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत लाभकर नै कायम गरी दीर्घकालिन लगानीको लाभकरमा छूटको व्यवस्था गर्न समेत माग गरेका छन् । जेठ १५ गतेको बजेट बक्तव्य पश्चातको पहिलो कारोबार दिन शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार भएको थियो । यो साता नेप्से परिसूचकले उच्च विन्दु कायम गर्दा कारोबार रकमको उच्चता भने साताको पहिलो दिन रहेको थियो । उक्त दिन रू. १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर कारोबार भएको थियो । गत साताको भन्दा यो साता कारोबार रकम रू. १७ अर्ब २ करोड २० लाख ३४ हजार बढी भएको छ । गत साता चार कारोबार दिनमा रू. ५० अर्ब ७७ करोड २५ लाख ७ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो । शेयर कारोबार कित्ता पनि यो साता बढेको छ । गत साता ११ करोड ७५ लाख ८३ हजार ४८१ कित्ता शेयर कारोबार भएकोमा यो साता १५ करोड ६ लाख १२ हजार ७३८ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता ३ करोड ३० लाख २९ हजार २५७ कित्ता बढी शेयर कारोबार भएको हो ।  यो साता पाँच कारोबार दिनमा तीन दिन नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक रकमको कारोबार रकमको हिस्सा ओगटेको थियो । पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने रू. ३ अर्ब ५९ करोड ४३ लाख ९९ हजार बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ ।  यो साता कम्पनीको मूल्यमा पनि वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ६२५ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. १ हजार ७६५ कायम भएको छ । गत साताभन्दा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३५ ले वृद्धि भएको हो । यो साता पनि नेपालको शेयरबजारले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८१५ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८५६ दशमलव ७६ विन्दुमा पुगेको हो । सातामा नेप्से परिसूचक ४१ दशमलव ३७ अंक माथि उक्लिएको हो ।  साताको पहिलो दिन १२ दशमलव ५४ अंकले बढेको बजार दोस्रो दिन ४५ दशमलव २५ र तेस्रो दिन ११ दशमलव ६८ अंकले घटेको थियो । दुई दिनको निरन्तर करेक्सन पछि चौंथो दिन ५५ दशमलव ७६ अंक र पाँचौ दिन २९ दशमलव ६४ अंकले नेप्से परिसूचक बढेको हो । यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा ९ दशमलव ४१ प्रतिशत माथी पुगेको छ । गत साता ५०३ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१३ दशमलव ११ विन्दुमा पुगेको हो । बजारले उच्च विन्दु कायम गर्दा कुल बजार पूँजीकरण रू. ३९ खर्ब ६४ अर्ब २१ करोड २० लाख १५ हजार पुगेको हो । कुल बजार पूँजीकरण गत साताभन्दा यो साता रू. ५७ अर्ब ४४ करोड ४० लाख ११ हजारले यो साता वृद्धि भएको हो ।  गत साता यो रकम रू. ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख ४ हजार थियो । यो साता वित्त समूहको परिसूचक सबैभन्दा बढी ११ दशमलव ९८ प्रतिशतलले वृद्धि भएको छ । गत साता १ हजार ७३४ दशमलव ७४ विन्दुमा रहेको वित्त समूहको परिसूचक यो साता १ हजार ९४२ दशमलव ५१ विन्दुमा पुगेको हो ।  यो साताको वित्त समूहको परिसूचकले बैंकिङ समूहको परिसूचकलाई पनि पछि पारेको छ । बैंकिङ समूहको परिसूचक १ हजार ९०७ दशमलव ४६ विन्दुमा रहेको छ । गत साता १ हजार ८५७ दशमलव शून्य ५ विन्दुमा रहेको बैंकिङ समूह यो साता ३० दशमलव ४७ अंक अर्थात १ दशमलव ६२ प्रतिशत बढेको हो ।   १ हजार १०० विन्दुदेखि बढेको बजार हालसम्म आइपुग्दा १ हजार ७५६ विन्दुभन्दा माथी पुगिसकेको छ । यो क्रममा थोरै पूँजी भएका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएपनि वाणिज्य बैंकहरुको शेयरमूल्यमा भने खासै वृद्धि भएको छैन । यसै सातादेखि बैंकिङ समूहको शेयरमूल्य पनि विस्तारै उकालो लाग्न थालेको देखिन्छ ।  यो साता गत साताभन्दा व्यापारिक समूहको परिसूचक ४ दशमलव ७६ प्रतिशत, जलविद्युतको ४ दशमलव ४७ प्रतिशत, निर्जीवनको शून्य दशमलव ८३ प्रतिशत, जीवनको शून्य दशमलव ६९ प्रतिशत र लगानी समूहको शून्य दशमलव ८२ प्रतिशत परिसूचक घटेको छ । यो साता व्यापारिक र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् ।  गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                                        स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                            स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

साताको अन्तिम कारोबार दिन १ % बढ्यो नेप्से, सर्वाधिक कारोबार एनसीसी बैंकको

वैशाख १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ प्रतिशत बढेको छ ।  यो दिन २५ दशमलव ८२ अंक बढेर नेप्से परिसूचक २ हजार ६११ दशमलव १० विन्दुमा पुगेर बन्द भएको हो । बुधवार १३ दशमल ७९ अंकले घटेर २ हजार ५८५ दशमलव २८ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ६०१ दशमलव २१ विन्दुदेखि खुला भएको हो । यसदिन २ हजार ५९८ विन्दुसम्म बजार झरेको थियो ।उपत्यकामा जारी निषेधाज्ञाका कारण शेयर कारोबारका लागि अनलाईन कारोबार प्रणाली अनिवार्य गरिएको छ । बजार सम्बद्ध निकायहरुले अनलाईन कारोबार र रकम भुक्तानी गर्न नसक्ने लगानीकर्ताहरुलाई कारोबार नगर्नसमेत आग्रह गरेका छन् ।  बिहीवार रू. ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर कारोबार भएको छ । २१७ ओटा कम्पनीको ५० हजार ६७३ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । बुधवारको तुलनामा यसदिन कारोबार रकम बढी भएको हो ।  बुधवार रू. ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार बराबरको ८९ करोड ६५ लाख ५८८ कित्ता शेयर कारोबार भएको थियो । यो दिन कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा एनसीसी बैंकले ओगटेको छ । उक्त कम्पनीको  रू. ३० करोड ९६ लाख ९४ हजार बराबरको शेयर कारोबर भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो दिन एनसीसी बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. ३५२ कायम भएको छ । यसदिन होटल्स तथा पर्यटन समूह र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४८ प्रतिशत बढेको छ भने जलविद्युत् समूहको ३ दशमलव ४८ प्रतिशत बढेको छ ।  त्यस्तै, बैंकिङ्गको शून्य दशमलव ४३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९८ प्रतिशत, वित्तको शून्य दशमलव ४२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ८४ प्रतिशत बढेको छ । यसैगरी अन्यको २ दशमलव ५४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८६ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८५ प्रतिशत र म्युुचुअल फण्डको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ । बिहीवार महिला लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत बढेको छ । महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता रू. २८४ ले बढेर अन्तिम मूल्य रू. ३ हजार १२५ र सिंगटी हाइड्रो इनर्जीको प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६३ पुगेको हो । सिंगटी हाइड्रो इनर्जीको बिहीवार धितोपत्र बजारमा दोस्रो कारोबार दिन रहेको छ । पहिलो कारोबार दिन ७ दशमलव ८४ प्रतिशत बढेको उक्त कम्पनीको शेयरमूल्य बिहीवार उच्च दरमा बढेको हो । यसदिन श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको २ दशमलव ८२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य २ दशमलव ३० प्रतिशत घटेको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. २४१ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ८ ले घटेर अन्तिम मूल्य रू. ३४० कायम भएको हो ।