छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बीमा बापतको ५० प्रतिशत रकम तिरिदिने

 छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बीमा गरिदिने भएको छ । स्वास्थ्य बीमाको लागि रकम तिर्न नसक्दा उपचारमा लाखौं खर्च गर्न परेको र बीमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा  मै बीमा गरिदिन लागेको हो । नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिँदै आएको छ । गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बीमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्ब

सम्बन्धित सामग्री

धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

असार ८, धनकुटा । धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । अस्पतालमा आउने कोभिड बिरामीको उपचार र प्रयोजनको लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । चर्चित हास्य कलाकार दिपक प्रसाद आचार्य काकु, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठको पहलमा बोधिसत्व बिहार, काठमाडौंबाट नि:शुल्क प्राप्त स्वास्थ सामग्री तथा स्वास्थ्य उपकरण सहयोग गरिएको हो ।  स्वास्थ्य सामग्री ३५ ठाउँमा वितरण गर्ने योजना रहेको भएपनि १३ ठाउँमा मात्रै वितरण गर्न सकिएको कलाकार दिपक प्रसाद आचार्यले बताए । उनले १३ ठाउँमा एक करोड १० लाखभन्दा बढीको स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।  धनकुटा जिल्ला अस्पताल सहित साँगुरीगढी गाउँपालिका, धनकुटा नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तांखुवा स्वास्थ्य चौकी, हात्तिखर्क स्वास्थ्य चौकी, परेवादिन स्वास्थ्य चौकी, कोभिड अस्पताल जोरपाटी, महालक्ष्मी नगरपालिका, मुर्तिढुंगा स्वास्थ्य चौकी, लेगुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।  यस्तै मोरङको बेलबारी नगरपालिका र सुन्दर स्वास्थ्य चौकी सुन्दर हरैचाँलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आचार्यले बताए । धनकुटा अस्पताललाई पीपीई ५० थान, एन ९५ माक्स २५० पिस, सर्जिकल माक्स एक हजार पिस, सर्जिकल ग्लोब्स १०० थान, सव ग्लोब्स २०० थान, पर्ल अक्सिमिटर ४ थान, फेससिल्ड ५० थान, ग्लोकुमिटर र स्प्रे क्यान एकएक थान हस्तान्तरण गरिएको छ । यस्तै हेयर क्याम्प २०० थान, हेण्डवास ३० लिटर, सेनिटाइजर २० लिटर, मेडिथान बक्स एक थान र नोजल क्रोम १ पाकेट हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठले जानकारी दिए ।  स्वास्थ्य सामग्री कलाकार आचार्य, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष श्रेष्ठले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. पुजन विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् स्वास्थ्य सामग्री पाएपछि कोभिड उपचारमा सहज हुने डा. विश्वकर्माले बताए । यस्तै नेत्रज्योती संघ धनकुटाले पनि धनकुटा अस्पताललाई ५० थान पीपीई हस्तान्तरण गरेको छ ।

धनकुटामा थप एकजना कोरोना संक्रमितको मृत्यु

धनकुटा : छथर जोरपाटी गाउँपालिका–४ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए।वैशाख १९ गते प्रतिष्ठानमा भर्ना भएका ती पुरुषमा वैशाख २० मा संक्रमण पुष्टि भएको थियो। उनलाई पहिले देखिनै घुँडा दुख्ने समस्या रहेको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ। योसँगै धनकुटामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगे