नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष रु सात अर्ब ४४ करोड ७१ लाख आम्दानी गरेको हो ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्कवापतको ल्याण्डिङ पार्किङ, नेभिगेशन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत वर्ष रु छ अर्ब ६८ करोड २९ लाख आम्दानी प्रक्षेपण गरेकामा रु सात अर्ब ४४ करोड ७१ लाख आम्दानी भएको छ ।प्राधिकरणले अघ