बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो। तर दशैंमा पनि सुचारु हुन नसकेको हो।समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै आएकोमा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई उडान सेवा बन्द छ। कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा ६ महिनादेखि बन्द रहेको हो। यसअघि दशैंलाई लक्षित गर्दै यह
काठमाडौं।माओवादीले पनि समानुपातिक बन्दसूची सच्याएर बुझाएको छ।निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुले सबैलाई आग्रह गरेको छ।प्राइभेट फर्म नवीकरण पुस मसान्तसम्म गर्नुपर्ने भएको छ।दसैँमा पनि बैतडीको हवाई सेवा सञ्चालन हुन सकेन।कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
काठमाडौं : दशैंमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनःसञ्चालन हुने भनिएको थियो। तर उ दशैंमा पनि उडान सञ्चालन हुन नसकेको हो।
समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ।…
काठमाडौं : नेपाल टेलिभिजनको आन्तरिक प्रतिस्पर्धा खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ।लोक सेवा आयोगले लिखित परीक्षा सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म परीक्षा नगराउन भनी अल्पकालिन अन्तरिम आदेश दिएपछि रोकेको जनाएको छ। नेपाल टेलिभिजनको पाँचौ तह वरिष्ठ समाचार सहायक लगायत विभिन्न पदका लागि २०७६ सालमै विज्ञापन खुलेको थियो। तर,समयमा परीक्षा हुन सकेन।उक्त विज्ञापनको परीक्षा तीन वर्षपछि यही साउन ३० गतेदेखि १४ गतेसम्म सञ्चालन गर्नेगरि टेलिभिजनको परीक्षा तालिका सार्वजनि
वैशाख १५, दाङ । किसानले उत्पादन गरेको बस्तु बजारीकरण गर्न सञ्चालन गरिएको ‘हरियो बजार’का कारण सहज भएको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलमा ‘हरियो बजार’ सञ्चालनमा आएको छ ।
जाल्पा लघुवित्त वित्तीय संस्थामा आबद्ध सदस्य तथा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तु खरीद गरी प्रशोधनपछि विक्री वितरण गर्ने योजनाअनुसार हरियो बजार सञ्चालनमा आएको हो ।
संस्थाका लुम्बिनी प्रदेश प्रमुख पवन योगीका अनुसार किसानले उत्पादन गरेपछि बजार पाउन नसकेको कृषिजन्य वस्तु र पशुजन्य पदार्थलाई बजारीकरण गर्ने उद्देश्यले उक्त बजार सञ्चालनमा आएको हो । त्यो बजार सञ्चालनमा आएपछि किसान खुसी भएका छन् । ‘पहिले दूध विक्दैनथ्यो, ४०/४५ रुपैयाँ प्रतिलिटर बेच्नु पर्थ्यो’, तुलसीपुर–१६ भोजपुरका कृष्णमणि शर्माले भने, ‘अहिले सहज भएको छ ।’
अहिले हरियो बजारले रु ६५ प्रतिलिटरमा दूध खरीद गर्छ । ‘पहिले बजार भाउ पाउनै गाह्रो थियो’, उनले भने, ‘अहिले बजारका लागि पनि समस्या छैन, मूल्य पनि राम्रै पाएका छौँ ।’ मह उत्पादन गर्ने किसान पनि खुसी छन् ।
यसरी करीब पाँच हजार किसानलाई हरियो बजारले खुसी बनाएको छ । किसानले उत्पादन गरेको दूध, मह, तरकारी, खाद्यान्नलाई प्रशोधन गरेर बजारीकरण गर्ने गरिन्छ । किसानले गहुँ, तोरी, धान, मकै, चना, खुर्सानी, तिल, च्यूरा, भट्ट, गहत, गेँडागुडी (राजमा) लगायत दाल पनि ल्याउने गरेका छन् ।
त्यतिमात्र नभई उत्पादित सिन्कामारी, अचार, सिलौटो, सिन्की, डाला, छिटुवालगायत सामग्रीलाई समेत बजारीकरण गर्ने गरिएको योगीले बताए । उनका अनुसार अहिले जाल्पाका एक लाख सदस्य छन् । हाल दाङ, प्युठान, सल्यान, रोल्पालगायतका सदस्यले उत्पादन गरेका हरेक वस्तुलाई बजारीकरण गर्ने गरिएको छ ।
जाल्पाले किसानलाई ऋण दिने र त्यसबाट उनीहरुले उत्पादन गरेको वस्तु बजारीकरण गर्नका लागि महिला सामुदायिक सेवा केन्द्र (हरियो बजार) सञ्चालनमा ल्याइएको हो ।
विसं २०७४ देखि हरियो बजार सञ्चालनमा आएको हो । ‘जाल्पाले ऋण लगानी गर्ने र किसानले त्यसबाट दूध, तरकारी, महलगायत अन्य सामग्री पनि निर्माण गर्ने गरे, तर, त्यसले बजार पाउन सकेन’, उनले भने, ‘त्यसपछि हामी आफैँले हरियो बजार सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेको चिजलाई प्रशोधन गरेर बजारसम्म लैजाने गरेका छौँ ।’
दूधबाट दही, पनिर, खुवा बनाएर विक्री गर्ने गरिन्छ । त्यस्तै किसानबाट खरीद गरेको तोरीबाट तेल, धानबाट चामल, गहुँको पिठो बनाएर विक्री गर्ने गरिएको छ । खर्च कटाएर मासिक रू. २५ हजार आम्दानी हुन्छ । अहिले दाङको हरियो बजारमा २०० जनाले दूध उपलब्ध गराउने गरेका छन् ।
दैनिक ५०० लिटर दूध आफूहरुले खरीद गर्ने गरेको योगीले बताए । त्यस्तै २०० किसानले मह उत्पादन गर्ने गरेका छन् । हरियो बजारमा प्राविधिकसहित १५ कर्मचारी कार्यरत छन् । उनीहरु किसानको उत्पादनको घरमै गएर अवलोकन गर्ने गर्छन् । ती प्राविधिकले घरमै गएर तालिम प्रदान गर्नेदेखि फर्मको अनुगमन गर्छन् ।
उपभोक्तासम्म आफ्नो उत्पादन गुण्स्तरीय बनाउनका लागि यसरी प्राविधिकलाई घरमै पु¥याउने गरिएको प्रदेश प्रमुख योगीले बताउनुभयो । उत्पादन भएको चिज काठमाडौं लगेर विक्री गरिन्छ । काठमाडौंका चार सहकारीलाई उक्त चिज उपलब्ध गराउने गरिएको छ । अधिकांश स्थानीय बजारमै खपत भइरहेको छ ।
तोरीको तेल, गेँडागुडी, मह, बेसार, अदुवा, लसुनलगायतलाई काठमाडौँसम्म पनि पु¥याउने गरिएको छ । चालू आर्थिक २०७८/७९ मा किसानबाट २०० क्विन्टल तोरी, ३०० क्विन्टल धान, २० क्विन्टल मह, पाँच क्विन्टल अन्य गेँडागुडी खरीद भएको उनले बताए । जाल्पाका सदस्य मात्रै नभई बाहिरबाट पनि यसरी किसानले उत्पादन भएको सामग्री हरियो बजारमा ल्याउने गरेका छन् ।
दाङ मात्रै नभई सल्यानबाट आलु, कागती, रोल्पाबाट आलु, लसुन, प्यूठानबाट गेँडागुडी पनि आउने गर्छ । सुरुमा काठेकोहलबाट सेवा दिएको हरियो बजारले अन्यठाउँबाट पनि सेवा थप गरेको छ । घोराही–१५ कै रतनपुरबाट उक्त सेवा प्रदान गरिएको हो ।
अब केही समयमा दाङ जिल्लाको तुलसीपुर र भालुवाङबाट यो सेवा शुरु गर्ने लक्ष्य छ । जाल्पाका हाल देशभर ९८ शाखा छन् । संस्थाले बचत, ऋण, बीमा, रेमिट्यान्स र उद्यमशीलता सेवा प्रदान गर्दै आएको छ । रासस
दोस्रो वर्षको कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गतवर्ष उदयपुर अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा दिने तयारी गरियो। तर, त्यसबेला रातारात गरेको तयारी जनशक्ति अभावका कारण कार्यान्वयनमा आउन सकेन।...
जनकपुरधाम : बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आगामी मंसिर अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरिएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले मंसिर अन्तिम सातासम्म रेल सञ्चालन गर्ने गृहकार्य भइरहेको बताए।यसअघि पनि पटक–पटक मिति तय भए पनि सञ्चालन हुन सकेन। महाप्रबन्धक झाले मंसिरको अन्तिम सातासम्म सञ्चालनमा ल्याउने बताए पनि आवश्यक कानुन भने हालसम्म निर्माण भएको छैन।कानुन नै नबनेकाले रेल सञ्चालनमा आउनेमा जनकपुरवासी विश्वस्त छैनन्। नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य शै
गोरखा : जिल्ला अस्पताल गोरखा ५० शय्याको अस्पतालमा स्तरोन्नति भएको पाँच वर्ष बितिसक्दा पनि सर्वसाधरणले प्रभावकारी सेवा पाउन सकेका छैनन्। २०६९ सालमा ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति भएको अस्पतालले पाँच वर्ष बितिसक्दासमेत त्यही अनुसारको उपचार सेवा दिन नसकेको हो।
भवन तथा उपचार कक्ष नभएकै कारणले ५० शय्या सञ्चालन ग...