काठमाण्डाै – पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपमा महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा न्यु डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई तीन–दुईको सेटमा हराउँदै उपाधि उचालेको हो ।
पहिलो सेट २२–२५ ले गुमाएको डायमण्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो । चौथो सेटमा पुलिस २५–२१ ले...