रामेछाप : नेपाल खेलकुद महासंघ बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा शुरु भएको छ।खेलको उद्घाटन नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गरे। माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ टिमको सहभागिता रहेको छ। रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेलमा २५–०५, २५–१३ को सोझो सेटले रामेछापले जितेको छ। त्यसपछि सिन्धुली र नुवाकोटबीच भएको खेलमा सिन्धुलीले नुवाकोटलाई २५–२२, २५–१७ को सोझो सेटले