आज मिति २०७८ साल पुस महिनाको ९ गते शुक्रबार । आज देशभर भएका घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’मा समेट्ने प्रयास गरिएको छ ।१. स्थानीय तहको चुनावको मिति प्रस्तावनिर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दुई वटा मिति प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्रीसँगको छलफलमा आयोगले स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने भन्दै २०७९ वैशाख १४ गते बुधबारका दिन मिति तोक्न सुझाएको छ । यदि एकै दिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चर