काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित केही पहाडी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका धेरै ठाउँमा दिनभरी नै झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
बेलुकीपछि भने झरी रोकिने उहाँले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायु र स्थानीय वायु सक्रिय बन्दा बिहानैदेखि पानी परेको हो । बिहान मौसममा केही सुधार हुने सङ्केत देखिए पनि फेरि पश्चिमी वायुको अर्काे प्रणाली भित्रिने अवस्थामा रहेकाले मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको उहाँले बताउनुभयो । अहिले बाग्मती प्रदे...