काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशभर झरी परेको छ । आज दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा अति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।
भोलि पनि झरी पर्ने सम्भावना छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो भने गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको...