कागती र सुन्तलामा पाइने एक तत्त्वको सहायताले वैज्ञानिकहरूले पारदर्शी काठ बनाएका छन् ।
यस काठबाट प्रकाश आरपार हुन्छ । यसले तातोलाई पनि रोकेर राख्छ । अनि यो शतप्रतिशत नवीकरणीय छ ।
केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीकी वैज्ञानिक सेलीन मोन्टानारी र उनको टोलीले यसलाई बनाएका हुन् ।
यस्तो काठबाट घरै बनाउन सकिने वा घरका फर्निचर बनाउन सकिने मोन्टानारीको भनाइ छ ।
यो काठ बनाउनका लागि लिगनिनको उपयोग गरिएको मोन्टानारीको भनाइ छ । त्यसो त लिगनिन सबै काठमा पाइन्छ र यसले प्रकाशलाई धेरै ...