काठमाडौं । आगामी असोज ३ गतेदेखि सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा ‘रेड मार्क’ गर्न थालेको डिभिजन प्रमुख नारायण निहुँरेले बताए । ३ दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन बनाइ सक्ने गरी काम थालिएको सडक विभागले जनाएको छ । […]