पोखरा : कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ।कोरोना संक्रमणको दर बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। कास्कीमा १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकलसहित अत्यावश्यकबाहेक अरु सबै सवारी साधन आवतजावत बन्द रहने छ। होटल, रेस्टुरेन्ट, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै सवारीमा जोरब