त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर

उदयपुर । त्रियुगा नगर प्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार बस्‍नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्‍वरी राई निर्वाचित भएका छन् । साेमबार सार्वजनिक मत परिणामअनुसार बस्‍नेत १३ हजार ९ सय ५९ र राई १३ हजार ७ सय ३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन् । बस्‍नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ […] The post त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेस महामन्त्री शर्माको गृहनगरमा कांग्रेस पराजित

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको नगरपालिकामा कांग्रेस पराजित भएको हो। मेचीनगर नगरपालिबाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ...

काभ्रेपलाञ्चोकको पाँचखाकाे प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काडमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा एमालेका सूर्यमाया दनुवार विजयी भएकी छन्। आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गरेकी छन् भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी भएकी हुन्। प्रमुख पदका निकटतम […]

डाक्नेश्वरीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए । उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले पाँच हजार २०९ मत ल्याए । इन्दुदेवी यादव निवर्तमान उपप्रमुख हुन् । वडाध्यक्षमा एमाले र कांग्रेसले चार/चार, जसपा र लोसपाले एक/एक वडा अध्यक्षमा विजय हासिल गरेका छन् । एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसबाट वडा नम्बर १ मा प्रितमलाल चौधरी, २ मा रहमान मियाँ, ३ मा भागेश्वर यादव र ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी भएका छन् । वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएका छन् । योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई स्थानीय तह र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक/एक स्थानीय तहमा विजय हासिल गरेको छ । रासस

कमलामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

सिन्धुली । कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका हुन् ।  प्रमुख पोखरेल १४ हजार १८७ तथा उपप्रमुख देवकोटा १२ हजार ६९४ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रमुखका प्रत्यासी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार...

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएको छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको […]

कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै सुर्खेतका भेरीगङ्गामा एमाले विजयी

सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा एमालेका यज्ञप्रसाद ढकाल र उपप्रमुख पदमा धनसरा बोहरा निर्वाचित भएका हुन्। ढकालले १० हजार २२ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत प्राप्त गरे।

रुपन्देहीको सिद्वार्थनगरमा प्रमुख कांग्रेस, उपप्रमुख एमाले

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । २०७४ मा एमालेले जितेको यो नगरपालिकाको मेयर यश पटक कांग्रेसले खोसेको छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचि...

स्याङ्जाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्नः कसले कति सिट जिते?

स्याङ्जाः स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन्। पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकाको प्रमुख/उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको…

निजगढमा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

बाराको निजगढ नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले बिजयी भएको छ। सत्ता गठबन्धनलाई हराउँदै एमालेले निजगढ नगरमा जित निकालेको  हो । नेपाली  कांग्रेस र नेकपा माओवादी केन्द्र बीच  गठबन्धन...

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्