सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा एमालेका यज्ञप्रसाद ढकाल र उपप्रमुख पदमा धनसरा बोहरा निर्वाचित भएका हुन्।
ढकालले १० हजार २२ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत प्राप्त गरे।