सडक विस्तार ढिलाइको विरोध गर्दै माटो थुपारेर सडक अवरुद्ध

पर्यटकीय गन्तव्य नगरकोट सडकखण्ड विस्तारको नाममा ठेकेदारले आठ वर्षदेखि सडक अलपत्र पारेको भन्दै स्थानीय पर्यटन व्यवसायीले माटो थुपारेर सडक अवरुद्ध गरेका छन् ।

सम्बन्धित सामग्री

सडक विस्तार छिटो सक्न माग गर्दै चक्का जाम, ठेकेदारले तिर्यो आठ करोड

पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवलसडक खण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती १६ डण्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन्।

आन्दोलनपछि नगरकोट सडक विस्तार योजनाको काम पुनः सुरु

सडक विस्तारको योजना ढिलाई गरेको भन्दै नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाईमा बुधबार विहान आठ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध गरी विरोध कार्यक्रम भएको थियो।...

बेनी–जोमसोम सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट ग

बेनी–जोमसोम सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क विच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रे भिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट गएका

नवलपुरमा बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग बन्द (तस्बिर)

नवलपरासी । बाढीका कारण सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ । नवलपरासीपूर्व नवलपुरको अरुणखोला दुम्किबास सडक बीचमा निर्माण गरिएको ५ मध्ये ३ वटा डाइभर्सन बाढीले बगाएको प्रहरीले बताएको छ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पुल निर्माण स्थलमा डाइभर्सन निर्माण गरिएको थियो । अहिले सो राजमार्गमा यातायात अवरुद्ध हुनुका साथै सयौं यात्रु […]

वर्षाले अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा

स्याङ्जा । अविरल वर्षासँगै आएको पहिरोका कारण बिहीवार बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालू भएको छ । उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान साढे १० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा बिहीवार बिहान साढे ३ बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो । उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएकोे छ । ठूला–ठूला चट्टानसहितको पहिरो झरेकाले ७ घण्टापछि सडक पूर्णरूपमा खुलाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । सडक अवरुद्ध हुँदा रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस

सडक विस्तार गर्दा निजी जग्गामा क्षति

सिद्धाकोथानदेखि जुँगूसम्म २० वर्षपछि पहिलो पटक सडक अवरुद्ध भयो । पाखुराको भरमा २० वर्षअघि खनेको सडक राम्रो बनाउने गरी पहिलो पटक डोजर चलाएपछि यो वर्ष सडक पूर्णरूपमा बन्द हुन पुग्यो । १२ महिना नै चल्ने दोलखाका थोरै कच्चि सडकमध्ये पर्ने यो सडकमा अहिले कुनै पनि सवारी चल्न सक्ने अवस्था छैन ।सिद्धाकोथानदेखि सुरीसम्म पूर्वाधार विकास कार्यालय […]

नारायणगढ–बुटवल सडक विस्तार कार्य सुस्त

काठमाडौं । निर्माण शुरू भएको २ वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तार कार्यले गति लिन सकेको छैन । हालसम्म उक्त सडक आयोजनाको भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्नेगरी सरकारले विस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । असार १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले बताएको छ । सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रित भएको प्रमुख रमेशकुमार दृष्टिले बताए । सामान्य अवस्थामा चारदेखि पाँच सयसम्म कामदार हुने गरेकोमा अहिले आयोजनामा ५०–६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए । गत वैशाखमा देशभर संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदार डर वा परिवारका सदस्यलाई कोभिड भएका कारण घर फर्किएको उनको भनाइ छ । अहिले दैनिक वर्षात् भइरहेकाले निर्माण गर्न नसकिएको प्रमुख दृष्टिले बताए । निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरू काम कम हुन्छ । मौसमले साथ दिए र संक्रमण घटेमा भदौदेखि मात्र काम गर्न सकिने उनको भनाइ छ । विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले बताएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माण ६/७ प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रूख काट्न र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए । ‘कोभिडले गर्दा दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन,’ उनले भने, ‘पोल हटाउन सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।’ सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरूका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रूपमा लिने गरिन्छ । पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको दृष्टिले बताए । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन्, त्यसमा निर्भर हुन्छ,’ उनले भने ।      ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी छ । अझै पनि समयमा सम्पन्न हुनेमा शंका रहेको दृष्टिले बताए । गतवर्ष ६ महीना अवधि थपिएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ । गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यक मात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए । चालू आवमा कामदार आफै मानसिक रूपमा डराएकाले काममा लगाउन नसकिएको उनले बताए । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् । अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए । वन क्षेत्रमा रूख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रूखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले बताएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । अहिले काम गर्न आवश्यक पर्ने जनशक्ति पर्याप्त हुँदा बाँकी समयमा धेरै प्रगति हुन सक्ने देखिएको आयोजनाले बताएको छ । सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या कम भइरहेको छ । खानेपानीको केही पाइप मात्र हटाउन बाँकी रहेको दृष्टिले बताए । गतवर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।      २०७५ चैतमा सो सडकको विस्तार शुरू भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पाेरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा ६ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गतवर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुंगा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । रासस

नारायणगढ–बुटवल सडक विस्तार : २ वर्षमा भौतिक प्रगति १०% भन्दा कम

असार २१, बुटवल । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन ।  पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले विस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ ।  सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रीत भएको प्रमुख रमेशकुमार दृष्टिले बताए । उनले भने, ‘अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन् ।’ सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०÷६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए । गत वैशाख महीनामा देशभरमा संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उनले बताए । उनले भने, ‘वैशाखमा फर्किएका अझै फर्किएका छैनन् ।’ अहिले दैनिक वर्षात भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए । निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ । मौसमले साथ दिए र संक्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उनले बताए । विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले जनाएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झण्डै ६/७ प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रुख कटान र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए ।  कोभिडले गर्दा गत वर्ष र चालू वर्ष गरी दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन । उनले भने, ‘पोल हटाउननका लागि सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।’  सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरुका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रुपमा लिने गरिन्छ । पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको प्रमुख दृष्टिले बताए । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । उनले भने, ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन् त्यसमा निर्भर हुन्छ ।’ ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी रहेको छ । अझै पनि समयमा सकाउनेमा शंका रहेको प्रमुख दृष्टिले बताए । गत वर्ष छ महीना अवधि थप भएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ । उनले भने, ‘थपिएको समयमा निर्माण सकिएमा पनि उपलब्धि मान्न सकिन्छ ।’  गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यकमात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए । चालू आवमा कामदार आफैँ मानसिकरुपमा डराएका कारणले काममा लगाउन नसकिएको उनले बताए । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् ।  अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए । बन क्षेत्रमा रुख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रुखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले जानकारी दिएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । उनले भने, ‘त्यसका लागि सम्झौता भइसकेकाले चाँडो अघि बढाउन सकिनेछ ।’  गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो । गत वर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।  विसं २०७५ चैतमा सो सडकको विस्तार शुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुंगा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । रासस

सडक विस्तारको विरोध गर्नेमाथि प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

१४ चैत, काठमाडौं । सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ । काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन गरेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । बानेश्वरमा सडक अवरुद्ध पार्दै प्रदर्शनकारीहरु सडकमै सुतेपछि प्रहरीले हटाउन खोजेपछि तनाव …