नारायणगढ–बुटवल सडक विस्तार : २ वर्षमा भौतिक प्रगति १०% भन्दा कम

असार २१, बुटवल । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन ।  पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले विस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ ।  सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रीत भएको प्रमुख रमेशकुमार दृष्टिले बताए । उनले भने, ‘अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन् ।’ सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०÷६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए । गत वैशाख महीनामा देशभरमा संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उनले बताए । उनले भने, ‘वैशाखमा फर्किएका अझै फर्किएका छैनन् ।’ अहिले दैनिक वर्षात भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए । निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ । मौसमले साथ दिए र संक्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उनले बताए । विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले जनाएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झण्डै ६/७ प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रुख कटान र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए ।  कोभिडले गर्दा गत वर्ष र चालू वर्ष गरी दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन । उनले भने, ‘पोल हटाउननका लागि सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।’  सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरुका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रुपमा लिने गरिन्छ । पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको प्रमुख दृष्टिले बताए । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । उनले भने, ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन् त्यसमा निर्भर हुन्छ ।’ ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी रहेको छ । अझै पनि समयमा सकाउनेमा शंका रहेको प्रमुख दृष्टिले बताए । गत वर्ष छ महीना अवधि थप भएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ । उनले भने, ‘थपिएको समयमा निर्माण सकिएमा पनि उपलब्धि मान्न सकिन्छ ।’  गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यकमात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए । चालू आवमा कामदार आफैँ मानसिकरुपमा डराएका कारणले काममा लगाउन नसकिएको उनले बताए । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् ।  अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए । बन क्षेत्रमा रुख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रुखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले जानकारी दिएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । उनले भने, ‘त्यसका लागि सम्झौता भइसकेकाले चाँडो अघि बढाउन सकिनेछ ।’  गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो । गत वर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।  विसं २०७५ चैतमा सो सडकको विस्तार शुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुंगा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । रासस

सम्बन्धित सामग्री

नारायणगढ बुटवल सडक विस्तार

नारायणगढ-बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर सडक कालोपत्रे भएको छ ।

भौतिक मन्त्रिद्वारा नारायणगढ–बुटवल सडक थपिएको समयभित्रै निर्माण गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन्।...

नारायणगढ-बुटवल सडक : म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशतमात्रै प्रगति

त्रिवेणी : नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ। पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै छ। यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने…

नारायणगढ–बुटवल सडक विस्तार - मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपरासी - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् ।नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिनुभयो ।&nbs...

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्। पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन्।नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिए

नारायणगढ–बुटवल सडक विस्तार : म्याद थपिएपछिको काम दशैँ लगतै

नवलपुर – चार लेनमा विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडककाे काम आउँदाे दशैँ लगत्तै फेरि सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ । तर म्याद थप भए पनि असोजपछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनशाय बनाएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताउनुभयो ।  निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन । आयोजना प्रमुख दिष्टीले भन्नुभयो, ‘अहिले सामा...

नारायणगढ–बुटवल सडक विस्तार : क्षेत्राधिकारभित्रका संरचना हटाइँदै

नवलपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन थालिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम शुरू गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ ।      आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायत संरचना हटाउन शुरू भएको जानकारी दिए । ‘बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो,’ आयोजना प्रमुख दिष्टीले भने, ‘योजनाले आफ्नै खर्चमा बिजुलीको पोल हटाउन शुरू गरेको छ ।’ सडक विस्तारका लागि ड्रेनेज खन्ने बेलामा खानेपानीको पाइपसमेत मापदण्डभित्र परेका कारण हटाउन थालिएको उनको भनाइ छ । ‘एक वर्ष अघिदेखि नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको पोल हटाउन आग्रह गरेका थियौं, तर उहाँहरूले बजेट अभाव भएको भन्दै पोल हटाउन चासो दिनुभएन,’ उनले भने, ‘अहिले हाम्रै खर्चमा कावासोतीबाट बिजुलीको पोल हटाउँदै छौं, चाँडै हटाएर सकिन्छ ।’ बिजुलीको पोल नहटाउँदा सडक विस्तारमा समस्या देखिएको थियो । सडक विस्तारमा देखिएका सबै अवरोध हटाएर यसै वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढेको उनले बताए । ‘निर्माण पक्षले यस वर्ष १० किमी सडक कालोपत्र गर्नेगरी काम अगाडि बढाएको छ,’ आयोजना प्रमुख दिष्टीले भने, ‘यसका लागि सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने, नाली खन्ने, ग्राभेल बिच्छ्याउने सबै काम सकिएको छ ।’ पछिल्लो समय सडक विस्तारको कामले गति लिएको उनले बताए । नयाँ पुल निर्माणका लागि डाइभर्सन गरिएको स्थानबाहेक अन्य ठाउँमा भत्किएको सडकसमेत मर्मतकोे काम भइरहेको उनको भनाइ छ । सडक विस्तारका क्रममा पूर्वी खण्डमा करिब ९० प्रतिशत रूख कटान भइसकेको आयोजनाले बताएको छ । ‘सडक विस्तारका लागि करिब ३७ हजार रूख काट्दै छौं,’ उनले भने, ‘अहिलेसम्म ३५ हजार रूख काटिएको छ ।’ सो सडक विस्तारको काम पूर्वी खण्डमा करिब १० प्रतिशत पूरा भएको आयोजनाले बताएको छ । सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पाेरेशनको साइट प्रमुख फेरिएपछि कामले गति लिएको आयोजना प्रमुख दिष्टीले बताए । सडक विस्तारका क्रममा हालसम्म ३५ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्च भएको आयोजनाले बताएको छ । सो खण्डको अनुमानित लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ रहेको छ । अहिले दुई लेन रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सो सडकखण्डलाई विस्तार गर्दै चार लेनको बनाउन लागिएको हो । एशियाली राजमार्गको गुणस्तर मापदण्डमा बन्ने सो सडकको काम शुरू भएको करिब ३५ महिना पुगेको छ । निर्माण शुरू भएको ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ माघ २४ गते सम्झौता भएर काम थालिएको थियो । सो सडकखण्ड करिब ५८ वर्षपछि विस्तार गरेर चार लेनको निर्माण गर्ने गरी काम भइरहेको छ । चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा छ÷छ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७।६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । रासस

नारायणगढ–बुटवल सडक विस्तार कार्य सुस्त

काठमाडौं । निर्माण शुरू भएको २ वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तार कार्यले गति लिन सकेको छैन । हालसम्म उक्त सडक आयोजनाको भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्नेगरी सरकारले विस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । असार १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले बताएको छ । सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रित भएको प्रमुख रमेशकुमार दृष्टिले बताए । सामान्य अवस्थामा चारदेखि पाँच सयसम्म कामदार हुने गरेकोमा अहिले आयोजनामा ५०–६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए । गत वैशाखमा देशभर संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदार डर वा परिवारका सदस्यलाई कोभिड भएका कारण घर फर्किएको उनको भनाइ छ । अहिले दैनिक वर्षात् भइरहेकाले निर्माण गर्न नसकिएको प्रमुख दृष्टिले बताए । निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरू काम कम हुन्छ । मौसमले साथ दिए र संक्रमण घटेमा भदौदेखि मात्र काम गर्न सकिने उनको भनाइ छ । विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले बताएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माण ६/७ प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रूख काट्न र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए । ‘कोभिडले गर्दा दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन,’ उनले भने, ‘पोल हटाउन सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।’ सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरूका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रूपमा लिने गरिन्छ । पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको दृष्टिले बताए । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन्, त्यसमा निर्भर हुन्छ,’ उनले भने ।      ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी छ । अझै पनि समयमा सम्पन्न हुनेमा शंका रहेको दृष्टिले बताए । गतवर्ष ६ महीना अवधि थपिएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ । गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यक मात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए । चालू आवमा कामदार आफै मानसिक रूपमा डराएकाले काममा लगाउन नसकिएको उनले बताए । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् । अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए । वन क्षेत्रमा रूख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रूखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले बताएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । अहिले काम गर्न आवश्यक पर्ने जनशक्ति पर्याप्त हुँदा बाँकी समयमा धेरै प्रगति हुन सक्ने देखिएको आयोजनाले बताएको छ । सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या कम भइरहेको छ । खानेपानीको केही पाइप मात्र हटाउन बाँकी रहेको दृष्टिले बताए । गतवर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।      २०७५ चैतमा सो सडकको विस्तार शुरू भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पाेरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा ६ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गतवर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुंगा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । रासस

नारायणगढ-बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित

नवलपुर / राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि …