विद्युत् प्राधिकरणले पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।  करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन […]

सम्बन्धित सामग्री

इकरातले दियो विद्युत् प्राधिकरणलाई अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले पाँच सय केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको हो । करिब ३२ लाख रुपैयाँ...

विद्युत् सबस्टेशन बन्ने भएपछि सर्वसाधारण उत्साहित

महोत्तरी । आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगका बासिन्दा उत्साहित भएका छन् । प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीलाई वैज्ञानिक व्यवस्थापन गर्ने गरी सबस्टेशन निर्माणको काम थालिएपछि यस भेगका सर्वसाधारणमा अब विद्युत् कटिरहने समस्या नआउने विश्वास छ । बर्दिवास–२ को हङकङडाँडामा सबस्टेसन निर्माणको काम अघि बढेको छ ।       ‘हाम्रै बस्तीमा सबस्टेशन निर्माणको काम अघि बढेको छ,’ बर्दिवास नगरपालिका–२ का वडा सदस्य एकबहादुर भुजेलले भने, ‘पहिलो कुरा त हाम्रै बस्तीमा यति ठूलो परियोजनाको काम थालिएकोमा खुशी छ, अर्को यो निर्माण सम्पन्न भएपछि विद्युत् कट्ने समस्या नपर्ने आशा छ ।’      नेपाल विद्युत् प्राधिकरणले प्रदेशका सबै जिल्लाका विद्युत् उपभोक्तालाई गुणस्तरीय सेवा दिने उद्देश्यले सबस्टेशन निर्माण थालिएको बताएको छ । विद्युत् सेवामा सबैको पहुँचलाई प्रभावकारी बनाउन र अत्याधुनिक वितरण प्रणाली व्यवस्थित गर्न सबस्टेशन बनाउन लागिएको जनकपुरस्थित प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरले बताए । ‘ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत सबस्टेशन निर्माणको काम थालिएको हो,’ ठाकुरले भने, ‘प्रदेशभरिमै यो सबस्टेशनले प्रभावकारी सेवा प्रवाह गर्नेछ ।’ यो आयोजनाअन्तर्गत प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीको सुदृढीकरण, पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिने लक्ष्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ । आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३/११ केभी क्षमताका १० सबस्टेशन निर्माण गरिने आयोजना संयोजक बोधराज ढकालको भनाइ छ । यससँगै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिने प्राधिकरणले बताएको छ । रासस

प्रदेश २ का आठ जिल्लामा विद्युत् सेवा प्रभावकारी बनाइने

काठमाडौं । झन्डै शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको प्रदेश नं २ का आठ जिल्लामा अत्याधुनिक वितरण प्रणालीमार्फत प्रभावकारी विद्युत् सेवा उपलब्ध गराउन कामको शुरुआत गरिएको छ । विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गरी उपभोक्तालाई अवरोधसहित बिजुली उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले बताएको छ । सो परियोजनामा ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शिलान्यास गरिएको छ । आयोजनाका संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनीन्द्र ठाकुरले सबस्टेसनको संयुक्त रूपमा शिलान्यास गरेका हुन् । आयोजनामार्फत प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत् वितरण प्रणालीको सुदृढीकरण तथा पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिनेछ । आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दाे र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३÷११ केभी क्षमताका १० सबस्टेसनको निर्माण गरिनेछ । साथै, ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिनेछ । शिलान्यास कार्यक्रममा बर्दिवास नगरपालिका–२ का वडाध्यक्ष चोलाराज प्याकुरेलले सबस्टेसन निर्माणपछि उक्त क्षेत्रमा हाल रहेको न्यून भोल्टेज र बारम्बार बिजुली जाने समस्याको समाधान भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे । प्रदेश नं २ का जिल्लाका धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत् वितरण भइरहेको उल्लेख गर्दै प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने बताए । रासस

प्रधानमन्त्रीद्वारा नेपालकै ठूलो ढल्केबर सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गर्नुभएको छ । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साहलगायतको उपस्थिती थियो । मुलुक भित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको ४००-२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ४००-२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । यसैगरी, २२०-१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ । सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत आदान–प्रदान गर्न सकिने छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुई÷दुई सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिने छ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिने छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ कभी प्रसारण लाइनमार्फत करिब तीन सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिने छ । आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिने छ । जिआइएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविश्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट नेपालले पाउने ...

विद्युत् प्राधिकरणलाई निःशुल्क ट्रान्सफर्मर

नेपाल एकारात इन्जिनियरिङ कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क रूपमा अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर उपलब्ध गराएको छ । ५०० केभीए क्षमताको उक्त ट्रान्सफर्मर करिब ३२ लाख रुपियाँ मूल्यको हो । उक्त ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे/नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गर्नुभएको हो ।

किन प्रयोगमा आएन गोरखा अस्पतालको एक्स–रे मेसिन ? :: Pahilopost.com

गोरखा  :  गोरखा अस्पतालमा दश वर्षअघि खरिद गरेकाे अत्याधुनिक एक्स–रे मेसिन अझै प्रयोगमा आएको छैन। थ्रिफेज विद्युत् लाइन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ।  एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भएपनि ट्रान्सफर्मर खरिद गर्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो। करिब ५०

प्रयोगमा आएन अस्पतालको एक्स–रे मेसिन

गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरीद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ । एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भए पनि ट्रान्सफर्मर खरीद गर्न नसक्दा एक्स–रे सञ्चालनमा…