प्रधानमन्त्रीद्वारा नेपालकै ठूलो ढल्केबर सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गर्नुभएको छ । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साहलगायतको उपस्थिती थियो । मुलुक भित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको ४००-२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ४००-२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । यसैगरी, २२०-१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ । सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत आदान–प्रदान गर्न सकिने छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुई÷दुई सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिने छ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिने छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ कभी प्रसारण लाइनमार्फत करिब तीन सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिने छ । आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिने छ । जिआइएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविश्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट नेपालले पाउने ...

सम्बन्धित सामग्री

ठेक्का सम्झौताको पाँच वर्षपछि इनरुवा सबस्टेसन तयार

ठेक्का सम्झौता भएको पाँच वर्षपछि ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण कार्य सकिएको छ। ढिलासुस्ती हुँदै आएको सबस्टेसनको निर्माण सम्पन्न गरेर शुक्रबार उद्घाटन गरिएको हो।...

चार अर्ब लगानीमा बन्यो दोस्रो ठूलो सबस्टेसन

नेपालकै दोस्रो ठूलो चार सय केभी क्षमताकोे सबस्टेसन तयार भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण गरिएको चार सय केभी क्षमताको इनरुवा सबस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन...

हजार मेगावाट विद्युत् प्रवाह गर्ने सबस्टेसन उद्घाटन

पूर्वदेखि पश्चिमसम्म एक हजार मेगावाट विद्युत् प्रवाह गर्न चितवनको भरतपुरमा अघि बढाइएको २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार नयाँ भरतपुर २२/१३२ किलोभोल्ट (केभी) सबस्टेसन...

अन्तरदेशीय प्रसारणलाइन उद्घाटन

निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको बुटवल–लुम्बिनी प्रसारणलाइन तथा सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार उद्घाटन गरेकी छन् । बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन र त्यसअन्तर्गत निर्माण भएको सबस्टेन मन्त्री भुसालले निर्वाचन आचारसंहिता सुरु हुनुभन्दा अघि उद्घाटन गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणले सोमबार उद्घाटन गर्ने निर्णय आइतबार गरेको थियो ।रुपन्देहीको सियारी गाउँपालिकाको मैनहियामा सबस्टेसन […]

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन

भारत सरकारको २५ करोड अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको  कास्कीको लह चोकमा उद्घाटन भएको छ । भारत स्वतन्त्र भएको...

कास्कीमा १३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन

१४ चैत, लाहाचोक, कास्की । नयाँ मोदी (पर्वत)-लेखनाथ (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका-४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गरे । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिएका पावर ट्रान्सर्फमरहरु […]

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

कास्की– मोदी–लेखनाथ विद्युत प्रशारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन गरिएको छ । सोमबार कास्कीको लह चोकमा भारत सरकारको ऋण सहयोगमा निर्मित मोदी–लेखनाथ विद्यु्त प्रशारण लाइन तथा सबस्टेशन परियोजनाअन्तर्गतका तीन वटा सबस्टेसनहरूको उद्घाटन गरिएको हो । भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा यी सबस्टेसनहरूको निर्माण गरिएको हो । मोदी–लेखनाथ परियोजनाअन्तर्गत ४२ किलोमिटर लामो विद्युत […]

सञ्चालनको नौ महिनापछि न्यू खिम्ती सब स्टेसन उद्घाटन

दोलखा-प्रधानमन्त्री शेरबहादुर देउवाले न्यू खिम्ती सबस्टेसन सञ्चालनमा आएको नौ महिनापछि उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा रहेको नेपालकै दोस्रो ठूलो क्षमताको न्यू खिम्ती सबस्टेसन २२०÷१३२ केभी क्षमताको हो ।माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले लट ४ अन्तर्गत २२० केभीको ४७ किलोमिटर गोंगर–खिम्ती प्रसारणलाइन र न्यू खिम्ती सबस्टेसन निर्माण गरेको हो । प्रसारणलाइन र सबस्टेसन गत […]

२३ करोड लागतमा दानामा सबस्टेसन, विद्युत् विकासमा नयाँ आयाम

कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको कुस्मामा र म्याग्दीको दानामा रहेको सबस्टेसन र उक्त दुई सबस्टेसनलाई जोड्ने ३९.६० किलोमिटर लामो २२० केभी प्रसारण लाइन तयार भएपछि विद्युत् विकासमा नयाँ आयाम थपिएको छ । मुलुककै दोस्रो ठूलो उक्त सबस्टेसनको बिहीबार मात्र उद्घाटन गरिएको हो । अब उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा लैजान सजिलो भएको छ भने नयाँ उत्पादनका लागि लगानी आकर्षण गर्न पनि सहज हुने भएको छ । आयोजनाका अनुसार कालीगण्डकी प्रसारण लाइनको दाना कुस्मा खण्ड र कुस्मा तल्लो मोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएक...