आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ पौडेल

काठमाडौँ,२२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताएका छन् । आज बुटवलमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले सञ्चालनमा रहेका योजना पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने बताए । “भौतिक र मानवीय विकासमा रुपन्देही अगाडि छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । […]

सम्बन्धित सामग्री

मनसुन अवधिमा मानवीय क्षति कम, भौतिक पूर्वाधारमा अर्बौंको क्षति

१ कात्तिक, काठमाडौं । यस वर्ष मनसुनजन्य विपदबाट ९२ जनाको मृत्यु र १६८ जना घाइते भएका छन् । ३० जना बेपत्ता छन् । यस वर्ष तुलनात्मक रुपमा कम मानवीय क्षति भए पनि निजी आवास तथा अन्य भौतिक पूर्वाधारमा अर्बौंको क्षति पुगेको छ । गत वर्ष २०७९ सालमा एक सय दिनको मनसुन अवधिमा प्राकृतिक विपत्तिका ५१२ […]

उपराष्ट्रपतिद्वारा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज बिहान डोटीको पूर्वीचौकी गाउँपालिका-३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । भूकम्पले घर भत्कँदा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।   उपराष्ट्रपतिले भूकम्पमा […]

मानवीय रक्षा भौतिक विकासभन्दा माथि हुन्छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा पहिले मानवीय जीवन रक्षाको सवाल प्रमुख रहने बताएका छन्।...

मानवीय रक्षा भौतिक विकासभन्दा माथि हुन्छ : माधव नेपाल

काठमाडौँ –नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा पहिले मानवीय जीवन रक्षाको सवाल प्रमुख रहने बताएका छन् । अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको विश्व खाद्य दिवसको सन्दर्भमा आज आयोजित ‘भोकमरी विरुद्धको अभियान, खाद्य सम्प्रभुता’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले नेपालको संविधानमा नै खाद्य सम्प्रभुता सवाल सम्बोधन भएको बताउँदै नागरिकको सम्मानजनक जीवनयापन गर्ने सवालमा खाद्य […]

अछामको पहिरोबाट भएको मानवीय र भौतिक क्षति प्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठुलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । अछामको मंगलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिका लगायतका स्थानमा आएको पहिरो तथा डुबानबाट ठुलो मानवीय क्षति भएकोमा उपराष्ट्रपति पुनले आफू स्तब्ध बनेको बताएका हुन् । उनले पहिरो तथा डुबानका कारण निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य ल

भौतिक र मानवीय क्षति कम गर्न सुकेका रूख व्यवस्थापन गरिने

कञ्चनपुर : सुकेका रूख ढलेर हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिका–८ ले विवरण संकलन शुरु गरेको छ।हावाहुरी र वर्षाका कारण ढल्ने सुकेका रूखले मानवीय र भौतिक क्षति वर्षेनि गर्दै आएकाले त्यसलाई न्यूनीकरण गर्न वडा कार्यालयले कार्य अगाडि बढाएको हो। रूखकै कारण क्षति हुने विद्यालय, सडक, सार्वजनिक भवन, निजी घर, विद्युत् लाइन लगायतका क्षेत्र यकिन गरी रूख व्यवस्थापनका लागि कार्य अगाडि बढाउने तयारी गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए।‘सुकेका रूखका कारण हुन सक्ने ज

तुलसीपुर आगलागी घटनाः अकल्पनीय मानवीय र भौतिक क्षति

दाङ – तुलसीपुरमा शुक्रबार भएको आगलागीको घटनामा ७ करोड मूल्यको भौतिक क्षति भएको प्रहरीले विवरण संकलन गरेको छ। पीडित परिवारले उपलब्ध गराएको सूचनाका आधारमा क्षतिको विवरण प्रहरीले संकलन गरेको हो। तीनतले घर र त्यहाँ रहेका जुत्ता चप्पलको गोदाममा आगलागी भएको थियो। घटनामा पाँच जना व्यक्तिको मृत्यु भयो भने ठूलो मात्रामा भौतिक क्षति हुन पुगेको छ। […]

समाज बदल्न मानवीय विकास आवश्यक : विष्णु पौडेल

बुटवल : नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले समाज बदल्न मानवीय विकास आवश्यक रहेको बताएका छन्। बुधवार रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा पौडेलले भौतिक पूर्वाधारको विकासले मात्रै समाज बदल्न नसकिने बताए। तिलोत्तमाले भौतिक र मानवीय विकासलाई सन्तुलन मिलाएर अघि बढाएकोमा प्रशंसा गर्दै उनले बालमैत्री नगरलाई दिगो…

भौतिक पूर्वाधार विकासले मात्र समाज बदलिन्न- विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले भौतिक पूर्वाधारको विकासले मात्र समाज नबदलिने बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै उनले समाज बदल्न मानवीय विकास आवश्यक रहेको बताए । पूर्वाधार विकासमा छलाङ मारिरहेको तिलोत्तमा नगरपालिकाले मानवीय मुद्दालाई समेत प्राथमिकतामा राखेर बालमैत्री नगर घोषणा गरेको भन्दै यसको कार्यान्वयनका लागि सबैले साझा धारणा बनाउनुपर्ने उनले बताए । ‘विकासको अर्को महत्त्वपूर्ण मुद्दा मानवीय विकास, बाल विकास र बाल संरक्षणमा...

ठाउँठाउँमा आगलागीः मानवीय र भौतिक क्षति

काठमाडौँ / मुलुकका विभिन्न क्षेत्रमा पछिल्लो चौबिस घण्टामा भएका आगलागीमा परेर मानवीय क्षतिसँगै लाखौको भौतिक वस्तु नोक्सानी भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँसहित सुनसरी, मोरङ, लमजुङ, सिन्धुली, सोलुखुम्बु, भोजपुरलगायत जिल्लामा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आगलागीमा परी एकको मृत्यु भएको... The post ठाउँठाउँमा आगलागीः मानवीय र भौतिक क्षति appeared first on Purbeli News.