नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले भौतिक पूर्वाधारको विकासले मात्र समाज नबदलिने बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै उनले समाज बदल्न मानवीय विकास आवश्यक रहेको बताए ।
पूर्वाधार विकासमा छलाङ मारिरहेको तिलोत्तमा नगरपालिकाले मानवीय मुद्दालाई समेत प्राथमिकतामा राखेर बालमैत्री नगर घोषणा गरेको भन्दै यसको कार्यान्वयनका लागि सबैले साझा धारणा बनाउनुपर्ने उनले बताए ।
‘विकासको अर्को महत्त्वपूर्ण मुद्दा मानवीय विकास, बाल विकास र बाल संरक्षणमा...