मलमा अनुदान दिन ३० अर्ब विनियोजन

काठमाडौं : सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमा नै आपूर्ति सुनिश्चित गरिने बताए । मल आपूर्ति र वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाइने समेत अर्थमन्त्री महतले घोषणा गरेका छन् । स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्ड मार्फत काम अगाडि बढाइने समेत बताएका छन् । महतको भनाइ खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा भन्ने नाराका साथ हरेक स्थानीय तहमा कृषि एवं पशुपन्छी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न रु. ४७ करोड विनियोजन गरेको छु। यसबाट किसानले खेतबारीमा नै प्राविधिक सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको छु। धान र आलुमा आत्मनिर्भर हुन एक सय स्थानीय तहमा धान र आलु खेती विस्तार गरिनेछ। हाइव्रिड जातको धानको विकास र चैते धान खेतीको विस्तार गर्न उत्पादनमा आधारित अनुदान उपलब्ध गराइनेछ। प्राङ्गारिक कृषि उत्पादन र उपयोगलाई प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरिनेछ। प्राङ्गारिक र प्राकृतिक खेती गर्ने किसानलाई उत्पादनमा अनुदान दिने व्यवस्था मिलाइनेछ। प्राङ्गारिक कृषि उत्पादनको प्रमाणीकरण तथा ब्राण्ड प्रवर्द्धन गरी बजारीकरणमा सहयोग गर्नुका साथै निर्यात गर्न प्रोत्साहन गरिनेछ। समुदायस्तरमा प्राङ्गारिक तथा गड्यौंले मल उत्पादन गर्न सहयोग गरिनेछ। मल तथा किटनाशक विषादीको प्रयोग विना नै गरिने प्राकृतिक खेतीलाई प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरिनेछ। सरकारी कृषि फार्ममा नमुनाको रूपमा प्राकृतिक खेती शुरूवात गरिनेछ। यसबाट माटोको प्राकृतिक उर्वरा शक्ति ह्रास नहुने, गुमेको उर्वरा शक्ति पुन: प्राप्त हुने र न्यून उत्पादन लागतमा स्वस्थ कृषि उपज प्राप्त हुने विश्वास लिएको छु। माटो परीक्षणका लागि प्रदेश तहका प्रयोगशालाको स्तरोन्नति, जनशक्ति व्यवस्था र क्षमता विकास गर्न सशर्त अनुदान हस्तान्तरण गरिनेछ। खेतीयोग्य जमीनको अम्लीयपना नियन्त्रणका लागि कृषि चुन र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहित गरिनेछ। कृषि, फलफूल, तरकारी, पशुपालन लगायतका क्षेत्रमा उदाहरणीय काम गरेका अगुवा किसानको अनुभव र ज्ञान कृषि उद्यम गर्न चाहने व्यक्तिलाई हस्तान्तरण गर्न उत्प्रेरित गरिनेछ। कृषि ज्ञान केन्द्रले यस्ता किसानलाई गुरू किसानको पहिचान दिई कृषि प्रसार एजेन्टको रूपमा परिचालन गर्ने छन्। कृषि पेशालाई थप सम्मानित र आकर्षक बनाउन प्रदेश सरकारसँगको समन्वयमा राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार प्रदान गरिनेछ। उखु खेतीको प्रवर्द्धन र जातीय विकासलाई प्राथमिकता दिइनेछ। किसानलाई उखु उत्पादन प्रवर्द्धन खर्च उपलब्ध गराउन रु. ८० करोड विनियोजन गरेको छु। “पोषणयुक्त घाँसेवालीको विकास गरौं, पशुजन्य उत्पादन बढाऔं” भन्ने नाराका साथ एक सय वटा स्थानीय तहमा जै, नेपियर, मेन्डुला, वर्सिम लगायत जातका घाँसे बाली विकास तथा पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गरिनेछ। स्थानीय तह मार्फत घाँसे बालीको बीऊ उत्पादनका कार्यक्रम सञ्चालन गरिनेछ। पशु आहारको गुणस्तर मापन तथा मूल्य नियमनलाई प्रभावकारी बनाइनेछ। कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गर्न स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्ट अप अनुदान कार्यक्रम सञ्चालनका लागि रु. १ अर्ब २० करोड विनियोजन गरेको छु। साना किसान उद्यम विकास कार्यक्रमलाई सबै स्थानीय तहमा क्रमशः विस्तार गरी वित्तीय पहुँच र उद्यमशीलताको विकासमार्फत युवा जनशक्तिलाई कृषि क्षेत्रमा अभिप्रेरित गरिनेछ। भूमिको चक्लावन्दी गरी खेती गर्न प्रोत्साहित गरिनेछ। करार खेतीका लागि कानूनी आधार तयार गरिनेछ। मुलुकभर रहेको बाँझो जमीनलाई स्थानीय तहको समन्वयमा मापदण्ड बनाई करार र सामुहिक खेती गर्न उपयोग गरिनेछ। यस कार्यक्रमका लागि रु. ३० करोड विनियोजन गरेको छु।  

सम्बन्धित सामग्री

मलमा अनुदान  घटाउने निर्णय फिर्ता

रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मलमा अनुदान कटौतीलाई स्थगित गरेको हो । २९ फागुनमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले...

मलमा अनुदान कटौतीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । रासायनिक मलमा दिइने अनुदान कटौतीको निर्णय सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी किसान संघसंगठनहरूले दिएका छन् । अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ र नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधवार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सरकारले मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । सरकाले उक्त निर्णय फिर्ता नलिए चैत ३ गतेदेखि आन्दोलन गर्ने किसान संघसंगठनले बताएका छन् । ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउने र त्यसपछि स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी आवश्यकताका आधारमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । सरकारले गत फागुन २६ मा मन्त्रीस्तरीय निर्णय गर्दै रासायनिक मल खरीदमा किसानलाई दिँदै आएको ७० दशमलव ८२ प्रतिशत अनुदान कटौती गर्दै ५९ दशमलव ४ प्रतिशतमा झारेको थियो । तीनओटै संगठनले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णयप्रति संयुक्त किसान संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । मलमा भएको यस प्रकारको अनुदान कटौतीको निर्णयले कृषि उत्पादनको लागत बढेर कृषि उपजको मूल्यमा उच्च वृद्धि हुनेछ ।’ पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले खेतीको समयमा सधैंजसो मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा धकेल्नेगरी आएको अनुदान कटौतीको निर्णयले किसानलाई निरुत्साहित गरेको बताए । नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारले किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुको सट्टा उनीहरूलाई थप मार पर्नेगरी अनुदान कटौतीको निर्णय गरेको टिप्पणी गरे ।

राप्रपाको युवा संगठनले भन्यो : मलमा अनुदान कटौती निन्दनीय

३० फागुन, काठमाडौं । राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सरकारले रासायनिक मलमा अनुदान कटौती गरेकामा विरोध जनाएको छ । संगठनले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारले किसानको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानहरुलाई प्रत्यक्ष मार पार्ने गरी मलमा मूल्यवृद्धि हुने निर्णय गरेको बताएको छ । ‘यसबाट सत्तासिन वर्गले किसानलाई हेर्ने दृष्टिकोण […]

सरकारले मलमा अनुदान कटौती गरेकोप्रति भीम रावलको आक्रोश

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले किसानहरुलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको प्रति आपत्ति जनाएको छन् । नेपाल सरकारले किसान र कृषिलाई संरक्षण गर्नुको सट्टा मलमा दिँदै आएको अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात […]

किसानलाई गोबर मलमा अनुदान

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ। नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा श्यामकृष्ण तिवारीले जानकारी दिए। देवचुली नगरपालिकाले यस कार्यक्रम […]

देवचुलीमा घाँसखेती गर्ने किसानलाई मलमा अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ । नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत  डा श्यामकृष्ण तिवारीले जानकारी दिए । देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिसकेको छ । “घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदा

रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ : मन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन्। शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पारे ।“रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अव

‘रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ’

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन् । शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पारे । ‘रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय […]

गोबर मल खरिदमा किसानलाई अनुदान

चितवन : रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। प्रांगारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो। मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ।नगर क्षेत्रमा एक टेलर मलको तीन हजारदेखि तीन हजार ५०० रूपैयाँसम्म पर्ने गरेको छ। नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रूपैयाँ उपलब्ध गराउने भएको छ। एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन्। एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रूपैयाँ