किसानलाई गोबर मलमा अनुदान

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ। नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा श्यामकृष्ण तिवारीले जानकारी दिए। देवचुली नगरपालिकाले यस कार्यक्रम […]

सम्बन्धित सामग्री

देवचुलीमा घाँसखेती गर्ने किसानलाई मलमा अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ । नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत  डा श्यामकृष्ण तिवारीले जानकारी दिए । देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिसकेको छ । “घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदा

रत्ननगरका किसानलाई गोबर खरिदमा अनुदान

चितवन । चितवनको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्रांगारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले  ५० लाख रुपैयाँ विनियोजन गरेको छ । नगर क्षेत्रमा एक टेलर मलको ३ हजारदेखि साढे ३ हजारसम्म पर्ने गरेको छ । नगरपालिकाले एक टेलर मल खरिदमा १ हजार ५०० उपलब्ध गराउनेछ । एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउनेछन् । एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले ६ हजार अनुदान रकम पाउने नगरप्रमुख नारायण वनले बताए । नगरपालिकामा सूचीकृत भएका पशुपालन फार्मबाट किसानले गोबर मल खरिद गर्नुपर्नेछ । त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फार्म सूचीकृत भएका छन् । वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिइएको बताए । उनले भने, ‘हामीले किसानलाई अनुदानमा गाई दिएका छौं । पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।’ अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको सिकार हुनुपरेको भन्दै अर्गानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको उनको भनाइ छ । नगर उपप्रमुख विमला दुवाडीले बाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिइएको जानकारी दिइन् । उनले भनिन्, ‘एकातिर गोबर नबिक्ने, अर्कातर्फ खेती गर्ने किसानले मल नपाउने समस्या छ, यसले समस्या समाधान हुन्छ ।’ नगरपालिकाले कृषि क्षेत्रका विविध शीर्षकमा अनुदान दिँदै आएको छ । यसअघि गाई खरिद, दूध, मेसेरेनरी, सिँचाइलगायतमा अनुदान दिँदै आएको छ । रासस

गोबर मल खरिदमा किसानलाई अनुदान

चितवन : रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। प्रांगारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो। मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ।नगर क्षेत्रमा एक टेलर मलको तीन हजारदेखि तीन हजार ५०० रूपैयाँसम्म पर्ने गरेको छ। नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रूपैयाँ उपलब्ध गराउने भएको छ। एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन्। एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रूपैयाँ