भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता नागरिकको खोजीलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। प्रहरीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रलाई केन्द्रित गर्दै खोज तथा उद्धारमा तालिमप्राप्त कुकुरको प्रयोग, होल्डिङ सेन्टर व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, डीएनए प्रोफाइलिङ र ट्राफिक व्यवस्थापनलाई […]
वर्षौँदेखि अमेरिकी श्रमशक्तिबाट पुरुषहरू बाहिरिने क्रम जारी छ। तर, हालै सार्वजनिक भएको रोजगार सम्बन्धी एक प्रतिवेदनले यो प्रवृत्ति अझ तीव्र हुन सक्ने चिन्ता बढाएको छ। ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्सको तथ्याङ्क अनुसार अगस्ट महिनामा सिर्जना भएका १,६२,००० गैर-कृषि रोजगारमध्ये ९८ प्रतिशत अर्थात् १,५८,००० पद महिलाहरूले ओगटेका छन्। गत वर्षको यसै अवधिको तुलनामा अमेरिकामा रोजगारीमा संलग्न महिलाको […]
बागलुङ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जंगलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राखेर जलविद्युत् तथा ऊर्जा पूर्वाधार निर्माणमै सुरक्षा, जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएको छ। इप्पानले ललितपुरमा आयोजना गरेको ‘परिवर्तनशील जलवायुमा जलवायु प्रतिरोधी पूर्वाधार निर्माण र भोटेकोशी महाप्रलयबाट सिकेका पाठहरू’ विषयक प्राइभेट फोरममा वक्ताहरूले जलवायुजन्य विपद्ले ऊर्जा आयोजनामा ठूलो क्षति […]
काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस जितेर संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन् । दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई […]