वर्षौँदेखि अमेरिकी श्रमशक्तिबाट पुरुषहरू बाहिरिने क्रम जारी छ। तर, हालै सार्वजनिक भएको रोजगार सम्बन्धी एक प्रतिवेदनले यो प्रवृत्ति अझ तीव्र हुन सक्ने चिन्ता बढाएको छ। ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्सको तथ्याङ्क अनुसार अगस्ट महिनामा सिर्जना भएका १,६२,००० गैर-कृषि रोजगारमध्ये ९८ प्रतिशत अर्थात् १,५८,००० पद महिलाहरूले ओगटेका छन्। गत वर्षको यसै अवधिको तुलनामा अमेरिकामा रोजगारीमा संलग्न महिलाको […]