थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला

बागलुङ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जंगलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।