भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता नागरिकको खोजीलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। प्रहरीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रलाई केन्द्रित गर्दै खोज तथा उद्धारमा तालिमप्राप्त कुकुरको प्रयोग, होल्डिङ सेन्टर व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, डीएनए प्रोफाइलिङ र ट्राफिक व्यवस्थापनलाई […]