नागरिकता विधेयक संसदमा दर्ता, अंगीकृत नागरिकता नरोकिने

२४ असार, काठमाडौं । सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । झण्डै चार वर्षदेखि संसदमा विचाराधीन नागरिक विधेयकलाई फिर्ता लिएकै दिन शुक्रबार साँझ सरकारले संशोधन विधेयक दर्ता गरेको हो । यो संशोधनले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खोल्नेछ । […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रहित : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राष्ट्रहित काम गरेको बताएका छन्। संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अश्वीकार गरेपछि अध्यक्ष थापाको यस्तो धारणा आएको हो। सामाजिक सञ्जालमा लेख्दै थापाले प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभ

राष्ट्रपतिबाट संविधानको संरक्षकको जिम्मेवारी निर्वाह भएको छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षकको भूमिका निभाएको बताएका छन्। बुधवार बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले राष्ट्रपतिको कदम राष्ट्रहित अनुकुल रहेको जनाएका छन्। 'प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण…

वैवाहिक अंगीकृत नागरिकता : जिल्लामा धेरै रुपन्देही, प्रदेशमा मधेश

मुलुकभर सबभन्दा बढी वैवाहिक अंगीकृत नागरिकता वितरण हुने जिल्ला चाहिँ रुपन्देही हो । जिल्ला प्रशासन कार्यालय रुपन्देही र केही इलाका प्रशासन कार्यालयबाट ७० वर्षको अवधिमा ४३ हजार ५८३ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् ।

विवाह गरेर आएको भोलिपल्ट नागरिकता दिन मिल्दैन : विशाल भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद विशाल भट्टराईले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा कायम राख्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक सन्देशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा राष्ट्रिय सहमति तय गर्ने सुवर्ण अवसर भएको बताएका हुन्। राष्ट्रपतिले दिएको सुवर्ण अवसरको सदुपयोग गर्दै वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको वर्तमान व्यवस्था बदलेर कम्तिमा ७ वर्षे समयसीमा राख्नुपर्ने जिकिर

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राखौं : एमाले

३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव गरेको छ । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा साझा धारणा तय गर्ने सुवर्ण अवसर भएको बताए । साथसाथै […]

सबैको सहमतिमा नागरिकता विधेयक पारित भएको हो : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक सबैको सहमतिमा पारित भएको बताएका छन् । सबै  नेपालीलाई नागरिकता पाउने सुनिश्चितता नेपालको संविधानले  गरेको बताउँदै  उनले सबैको सहमतिमा त्यो सम्बन्धी विधेयक पारित भएको बताए । रुपन्देहीमा कोरोना भाइरसविरुद्धको पूर्ण खोप जिल्ला घोषणा कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै खाँणले नेपालको नागरिकता प्राप्त नागरिकको सन्तानले नागरिकता पाउने व्यवस्था संविधानमा रहेको बताए ।  नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलाले चाहेमा अंगीकृत नागरिकता प

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

काठमाडौं, साउन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित […]

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताउनुभएको छ । सांसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उहाँले यसो भन्नु भएको हो । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित समयावधिको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नहुन्न […]

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्न सक्छिन् ?

नागरिकता विधेयकबारे राष्ट्रपति कार्यालयले औपचारिक रुपमा केही बोलेको छैन । तर, पछिल्लो समय नागरिकता विधेयक फिर्ता गर्नुपर्छ भनेर ध्यानाकर्षण गराएको र यो विषय राष्ट्रपतिको जानकारीमा रहेको त्यहाँका एक अधिकारीले बताए ।

विवादास्पद नागरिकता विधेयक पारित

काठमाडौं । नागरिकतासम्बन्धी विवादास्पद विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रबार दिनभरको छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि नेपालमा लगातार ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । तर, अहिले त्यो प्रावधान […] The post विवादास्पद नागरिकता विधेयक पारित appeared first on राजधानी राष्ट्रिय दैनिक.