वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राखौं : एमाले

३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव गरेको छ । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा साझा धारणा तय गर्ने सुवर्ण अवसर भएको बताए । साथसाथै […]

सम्बन्धित सामग्री

एमालेले भन्यो : निश्चित समयपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता

१० भदौ, काठमाडौं । नेकपा एमालेले वैवाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको छ । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष ओलीले नागरिकता विधेयकबारे ६बुँदे धारणा अघि सारेका छन् । नागरिकताताका सम्बन्धमा संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न नयाँ ऐन बनाउनुपर्ने भन्दै उनले भनेका छन्, […]

विवाहको जग्गेमै नागरिकता दिने होइन, सम्बन्ध टिक्छ कि टिक्दैन हेर्नुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा विवाहको जग्गेमा नै वैवाहिक अंगीकृत नागरिकता दिन नहुने बताएका छन् ।  मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्ने बताए ।  “वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो पाउने वित्तिकै जग्गेमा त दिने...

नागरिकता विधेयकमा दलहरू एक ठाउँमा उभियौँ, ७ वर्षे प्रावधान राखौँ : एमाले

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर पारित गर्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभा मंगलबार बैठकमा प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिबाट विधेयक फिर्ता आउनु राम्रो भएको र अब वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्षे प्रावधान राख्न आग्रह गरे । दलहरू विभाजित भएर […]

सत्ताको चास्नीमा डुबेपछि नागरिकता विधेयकको रंग बदलियो : बास्कोटा

काठमाडौं : नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले सत्ताको चास्नीले नागरिकता विधेयकको रंग बदलिएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता  ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै बास्कोटाले नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान छाडेकोप्रति व्यंग्य गरेका हुन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा राज्य व्यवस्था तथा सुशासन समितिले एमाले र माओवादीका सांसदहरूकै अडानका कारण वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न ७ वर्षको समयावधि राखिएको थियो।तर त्यो व

विवाह गरेकाे सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिन माग

काठमाडाैं : नेकपा एमालेका सांसदहरुले नागरिकता विधेयककाे संशोधन प्रस्तावमा नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिक कानुनत: नेपालमा सात वर्ष बसोबास गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न योग्य हुने व्यवस्था गर्न माग गरेका छन्।भीम रावल, कृष्णभक्त पोखरेल, झपट रावल, नविना लामा, विद्या भट्टराई, बिन्दा पाण्डेसहितका एमाले सांसदहरुले संशोधन प्रस्तावका बिषयमा यस्ताे माग गरेका हुन्।सरकारले संसद्‌मा पेश गरेको नागरिकता विधेयकमा आज ३८ सांसदहरुले २९ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।