गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक सबैको सहमतिमा पारित भएको बताएका छन् । सबै नेपालीलाई नागरिकता पाउने सुनिश्चितता नेपालको संविधानले गरेको बताउँदै उनले सबैको सहमतिमा त्यो सम्बन्धी विधेयक पारित भएको बताए । रुपन्देहीमा कोरोना भाइरसविरुद्धको पूर्ण खोप जिल्ला घोषणा कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै खाँणले नेपालको नागरिकता प्राप्त नागरिकको सन्तानले नागरिकता पाउने व्यवस्था संविधानमा रहेको बताए । नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलाले चाहेमा अंगीकृत नागरिकता प