पछिल्ला केही महिनादेखि बलिउडका धेरै फिल्म रिलिज भए पनि कमै चलेका छन् । तर अभिनेता आमिर खानले यसलाई सही मान्दैनन् । मुम्बईमा पत्रकार सम्मेलन गर्दै आमिरले भने, ‘अहिले फिल्म चल्दैन भन्ने होइन । गंगुबाई, भूल भुलैया २, कश्मीर फाइल्स, पुष्पा, आरआरआर, यी सबै फिल्म चलेका छन् ।’आमिर खानका अनुसार यी फिल्मले पनि १०० करोडभन्दा माथिको व्यापार गरेको छ । उनी ओटीटीका कारण पनि चल्नुपर्ने फिल्महरु नचलिरहेको बताएका छन् । आमिर भन्छन्, ‘मानिसहरूलाई लाग्छ कि केही समय कुरेँ भने त घरमा नै