काठमाडौं : तत्कालीन नेकपाभित्रको विवाद चर्किएपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्णायक भूमिकामा रहे। ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधवले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको बागडोर सुम्पिए। ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट धक्का खाएको कांग्रेस २३ सिटमा खुम्चिएको थियो। समय क्रमसँगै प्रचण्ड–माधवसहित जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको आडमा देउवा प्रधानमन्त्री बने। ओलीले संसद् विघटन गरेप