अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले रातोपाटीलाई भने ।बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा