गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजना निर्माण स्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आयोजना सञ्चालक समितिले माग गरेको छ ।
गएकाे मंसिर २४ गते आयोजनामा तोडफोड र आगजनी भएपछि निर्माणका थप काम अघि बढाउन समस्या भएको भन्दै सञ्चालक समिति चम्पावती हाइड्रोपावर लिमिटेडले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको हो । चम्पावती हाइड्रोपावर लिमिटेडले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै लगानी र भौतिक संरचनाको सुरक्षाको ग्यारेन्टी नभई आयोजनाको बाँकी काम सुरु गर्न...