काठमाण्डाै – पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर शाहीद अफ्रिदीले नेपालबाट क्रिकेट खेल्ने भएका छन् । अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।
काठमाण्डौ किङ्ग्स–११ ले आज सोमवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाकिस्तानका भेट्रान खेलाडी अफ्रिदीले आफ्नो टिमबाट ईपीएल खेल्ने जानकारी गराएको हो ।
४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा ...