काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाअभियोग प्रस्ताव संसदमा अघि बढ्ने भएको छ । महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसदमा छलफल प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जनाएको छ । फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्नु हुने छ । संसदको आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल […]