काठमाडौँ – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाउनेबारे छलफल भएको छ। फागुन १ गते राणाविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। जारी कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई तत्काल छलफलमा ल्याउने कि नल्याउने र महाअभियोग सिफारिस […]