काठमाण्डाै – प्रतिनिधि सभाले प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।
प्रतिनिधि सभाको आज आइतवारकाे बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको अर्काे बैठक पर्सि मङ्गलवार बिहान ११ बजे बस्ने गरी बोला...