काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारबादमा रमाएको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको बताएका हुन्। ‘प्रचण्डको बारेमा धेरै भन्नु छैन। युवाहरुलाई भावनामा बगाएर अनेक गतिविधि गर्नुभयो। सहिदका परिवारको अवस्था के छ? तपाइँलाई त आफ्नै परिवार सुम्सुम्याएर बस्दा ठिक भएको छ। किन जनयुद्धका थोत्रा कुरा गर्न