आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरु उनीहरुलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् । तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आउन केही दिन मात्रै बाँकी र