काठमाडौं : निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्न कडाइ गरेको छ।आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो। निर्देशिका अनुसार अब उम्मेदवार हुँदा ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।&nb